शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

११ वर्षिया बालिका बलात्कृत, आरोपी पक्राउ

बिहीबार, १४ असार २०७५, १० : ४०
बिहीबार, १४ असार २०७५

गुल्मी । गुल्मीको हस्तीचौरमा तीन दिनअघि ११ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा स्थानीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षीय प्रेमबहादुर कार्की नावालिका बलात्कारको अभियोगमा गत राती पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

उनका अनुसार  कार्कीले असार ११ गते साँझ करिब ५ वजेको समयमा बालिकालाई घरमै बोलाएर वलात्कार गरेका हुन् । पीडितले वुधबार घट्नाबारे हस्तीचौर प्रहरी चौकीमा उजुरी दिएपछि घट्ना बाहिरिएको हो ।

कार्कीलाई गुल्मी सदरमुकाम तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको  प्रहरी कार्यालय मुद्दाफाँटमा कार्यरत असई सत्यनारायण यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप