केन्द्रीय संस्करण

प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन सकेन : मुख्यमन्त्री पोखरेल

person explore access_timeअसार १३, २०७५ chat_bubble_outline0
file-photo

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको गुनासो गरेका छन् ।  

आज बुटवलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा उनले प्रशासनिक नेतृत्व आत्मकेन्द्रित छ भने । 

मुख्यमन्त्री पोखरेलले कर्मचारीको प्रादेशिक सांगठनिक स्वरुप निर्माण नभई उपलब्धि हासिल हुन नसक्नेमा जोड दिँदै संघीय प्रशासनमा व्यापक कटौती आवश्यक भएको धारणा व्यक्त गरे । 

उनले प्रदेशले चाहेको जनशक्ति प्रदेशले नै नियुक्त गर्न पाउनुपर्ने उल्लेख गर्दै अहिले पनि प्रदेशमा रहेका कर्मचारी संघीय कर्मचारी नै भएको बताए । उनले भने, ‘प्रदेशमा रहेका कर्मचारीको सरुवा, बढुवा संघीय सरकारले गर्छ ।’ 

मुख्यमन्त्री पोखरेलले कर्मचारीको समायोजनको कानून बने पनि प्रभावकारी काम नभएकामा असन्तुष्टि जनाए । उनले प्रदेशमा स्रोतको बाँडफाँड नभई टुङ्गोमा पुग्न नसक्ने उल्लेख गर्दै समन्वयको ढाँचा निर्माण भएन भने त्यसले समस्या निम्त्याउन सक्छ भने । 

केन्द्रीय प्रसासनको सहयोग नभए संविधान कार्यान्वयनमा कठिनाइ आउने तर्क गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा नीतिगत तहमा कुनै समस्या छैन भने । 

उनले आफूहरु नअलमलिएको र स्पष्ट भएको जानकारी दिँदै शहरको विकासका लागि स्थानीय तह नै सक्षम भएको बताए । उनले भभने, ‘हामीले बजेटमा प्राथमिकीकरण गरेर ब्रेक थ्रू नै गरेका छौँ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...