शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्व.प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु

बुधबार, १३ असार २०७५, १५ : ३८
बुधबार, १३ असार २०७५

काठमाडौँ– स्व.प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ । 

नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा आजदेखि लैनचौरमा सो खेल शुरु भएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्व दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताए । ‘स्व दाहालको सपना समृद्ध नेपाल निर्माणको थियो, उक्त सपनालाई पूरा गर्न अहिले सरकार लागिरहेको छ’, उनले भने । 

गृहमन्त्री थापाले खेलले युवालाई एकापसमा एकताको भावना निर्माण गर्ने र स्वास्थ्यका लागिसमेत फाइदा हुने बताए । उनले खेलमा जित हार हुने तर खेलको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गरे । 

विश्वभर लोकप्रिय खेलका रुपमा रहेको बक्सिङलाई नेपालमा पनि लोकप्रिय खेलका रुपमा लिइन्छ । आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा २५ जिल्लाका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषको १० समूह र महिलाको आठ समूह रहेको आयोजकले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप