शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नौ महिनामै यसरी ‘उठ्यो’ भूकम्पले भत्काएको हनुमानढोकाको गद्दी बैठक भवन (फोटो फिचर)

बुधबार, १३ असार २०७५, १४ : ०६
बुधबार, १३ असार २०७५

काठमाडौँ । नौ महिना अघिसम्म जर्जर थियो गद्दी बैठक भवन । 

भवनको कुनै भाग भत्किएको थियो भने चारैतिर चर्किएको र टुटे फुटेको अवस्थामा विरक्तलाग्दो खण्डहर हाम्रा आँखासामु उभिएको थियो । 

तर, नौ महिनापछि काठमाडौंको बसन्तपुर पुग्दा अब हाम्रा आँखामा अनायास चमक आउने र अनुहारमा खुसीका तरङ्गहरु दगुर्ने अवस्था सिर्जना भएको छ । अर्थात बसन्तपुरको ऐतिहासिक सम्पदा गद्दी बैठक भवन अव फेरी पहिलेकै जस्तो गरी उभिएको छ, त्यो पनि नौ महिना समय अवधीमा । 

बुधबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि कार्यवाहक अमेरिकी राजदुत पिटर मालनाकले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित जिर्णोद्धार भएको गद्दी बैठक र अन्य ४ सम्पदाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

गद्दी बैठकको जिर्णोद्धारका लागि अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी कोषले सात लाख अमेरिकी डलर अनुदानमा मियामोतो ग्लोबल डिजास्टर रिलिफ तथा पुरातत्व विभागको सहकार्यमा ऐतिहासिक गद्दी बैठकको जिर्णाेदार गरिएको हो । 

प्रधानमन्त्री ओली र कार्यवाहक राजदूत पिटरले पुनर्निर्माण तथा जिर्णाेदार भएका गद्दी बैठकका साथै १७ औ तथा १८ औ शताब्दीमा बनेका महादेव, कागेश्वर, लक्ष्मीनारायण र सरस्वति मन्दिरहरुको पनि उद्घाटन गरेका छन् ।  

यी सम्पदाहरुलाई अमेरिकी सांस्कृतिक संरक्षण कोषले दुई लाख डलर सहयोग गरेको थियो भने काठमाडौं भ्याली प्रिजभेसन ट्रस्टले नेवारी शैलीमा यी स्मारकहरुको पुनर्निर्माण गरेको थियो । 

गद्दी बैठक भवन बिसौँ शताब्दीको शूरुमा निर्माण गरिएको थियो । यो बेलायती शैलीमा निर्माण गरिएको नेपालको आधुनिक भवन हो । 

यो भवन पुनर्निर्माणका क्रममा आधुनिक निर्माण समाग्री प्रयोग नगरी पहिले प्रयोग भएका स्थानीय निर्माण समाग्री नै प्रयोग गरिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले रातोपाटीलाई जानकारी दिए । निर्माणका क्रममा सुर्की, चुना र इटा लगायतका सामग्री प्रयोग गरिएको छ । 

नौ महिना पहिले यो भवनको जिर्णोदार गर्ने बारेमा घनीभूत रुपमा अध्ययन भएको थियो । संसारभरका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा ख्याती कमाएको जापानी कम्पनी मियामोतो कन्सल्ट्यान्टलाई यसको जिर्णोद्धारको जिम्मेवारी दिइएको थियो । पुरातत्व विभागको पत्यक्ष निगरानीमा यो भवनको जिर्णोद्धार भएको महानिर्देशक दाहालले बताए । 

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि सहायता पु¥याउने सबैलाई धन्यवाद दिए । उनले यो पुननिर्माणका कारण नेपाललाई थप आत्मविश्वास बढेको उल्लेख गरे । 

यस्तै नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत पीटरले हाम्रा सरकार र समुदायहरु बिचको सहकार्यका कारण यो वास्तविकतामा परिणत संभव भएको उल्लेख गर्दै गद्धी बैठकको सफल जिर्णोद्धारबाट काठमाडौं उपत्यकामा अन्य स्मारकहरुको पनि जिर्णोद्धार संभव भएको बताए । 

झन्डै ३ बर्षअघि बैशाख १२ गतेको विनासकारी भूकम्पले नेपालका ७ सय भन्दा धेरै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पूरातात्विक भौतिक संरचनाको क्षति पु¥यायो । ती मध्ये केही सम्पदाहरुको पुननिर्माण भएको छ भने अझै धेरै सम्पदाहरुको पुनर्निर्माण गर्न बाँकी छ ।  

झन्डै २ सय बर्षअघिसम्म शासन सक्ताको केन्द्रबिन्दु रहेको बसन्तपुर दरबार क्षेत्रमा रहेका धेरै सांस्कृतिक सम्पदमा क्षति पुगेको थियो । अधिकांश सम्पदा खण्डहरको अवस्थामा छन् । केही सम्पदारुको पुननिर्माण पनि भइरहेको छ । बसन्तपुर क्षेत्रमा रहेको नौतले दरबार चिनिया सरकारले पुनर्निर्माण गरिरहेको छ । यहाँहका ऐतिहासिक सम्पदाहरु बिस्तारै उभिने क्रममा छन् । 

तस्विर : कृष्ण खड्का
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप