बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सूर्यविनायक नगरपालिकाको बजेट ७६ करोड ४५ लाख

बुधबार, १३ असार २०७५, १३ : ३०
बुधबार, १३ असार २०७५

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि बजेट पारित गरेको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै नरगप्रमुख बासुदेव थापाले नगरसभाबाट कुल बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको पारित भएको बताए । 

जसमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु ४९ करोड २० लाख ६२ हजार रुपैयाँँ रहेको छ ।  आन्तरिक आय र राजश्व बाँडफाडँ बाट प्राप्त आय २७ करोड २४ लाख ६२ हजार रहेको छ । 

जसमा पुँजीगततर्फ ३७ करोड २० लाख ८४ हजार रुपैयाँँ विनियोजन गरिएको छ । चालूतर्फ ३९ करोड २४ लाख ४३ हजार विनियोजित गरिएको थापाले जानकारी दिएका छन् ।

उनको अनुसार चालू आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट ४३ प्रतिशतले बृद्धि भएको छ । 

नगरसभाले १ करोड देखी माथिका ११ वटा सडक आयोजनाहरु छनौट गरी ३० लाखभन्दा बढीका १० वटा आयोजना रकम बिनियोजित गरेको छ । 

५ लाखभन्दा घटिका आयोजनाहरु छनौट गर्न नपाउने नीतिका कारणसारै साना टुव्रmे आयोजनाहरुमा रकम बिनियोजित नगरेको नगरप्रमुख थापाले बताए । 

हाल विनियोजन भएका ठूला आयोजनाका रकमबाट सडकको कालोपत्रे वा ढलान गर्नुपर्ने प्रावधान समेत राखिएको छ । 

यी ठूला आयोजनाहरुको कार्यान्वयनबाट नगर भित्रका महत्वपूवर्ण सडकहरुको स्तर उन्नती भई आम नगरवासीहरुले सुविधा प्राप्त गर्ने नगरसभाले विश्वास लिएको छ । 

सूर्यविनायकमा कार्यान्वयनमा रहेका राष्ट्रिय प्राणी उद्यान, हनुमन्ते कोरीडोर निर्माण, नयाँ शहर निर्माण जस्ता गौरवका आयोजनाहरुलाई छिटो छरितो रुपमा सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्दे जाने विषयलाई नीति मार्फत सम्बोधन गरिएको थापाले जानकारी दिएका छन् ।

नीति तथा कार्यक्रममा संचारक्षेत्रको विकाशको लागि पत्रकार महासंघ र अन्य संस्थाहरुसँग सहकार्य गर्ने कुरा समेत बुदाँगत रुपमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप