बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गल्तीले जेलबाट छुटेः घरमा पुगेर श्रीमतीलाई बताउँदा कारमा राखेर दुई घण्टाभित्रै जेल पुर्‍याइदिइन्

बुधबार, १३ असार २०७५, १२ : २०
बुधबार, १३ असार २०७५

अमेरिकाको कोलोराडोस्थित एक कैदी जेम्स रेनर्सन (३८) गल्तीपूर्वक जेलबाट रिहा भए ।

मेसा काउन्टी जेलले जेम्स रेनर्सनको नाडीमा लगाइएको ब्यान्डसमेत नहेरी जेलबाट मुक्त हुनुपर्ने अन्य कैदी ठानेर जेलमुक्त गरिदियो ।

रेनर्सनले जेलमुक्त हुनुपर्ने व्यक्तिको कागजात, डेबिड कार्ड र छालाको ज्याकेट चोरे,  नक्कली दस्तखत गरे र जेलमुक्त भए ।

द डेली सेन्टिनेललाई उद्धृत गर्दै डेली मेलले भन्यो, ‘रेनरसनलाई गत मे महिनामा धम्काएको र कानून मिचेको आरोपमा कैद सजायँ सुनाइएको थियो ।’

अर्का कैदी ३५ वर्षे मार्भिन मार्चको सेल मर्मत भइरहेकाले रेनरसनको सेलमा राखिएको थियो ।

मार्च पछि आफ्नै सेलमा गए तर जेलका अधिकारीले यसबारे अपडेट गरेनन् । जब मार्च रिहा हुने समय आयो तब जेलका अधिकारी रेनर्सनको सेलमा गएर उनलाई बोलाए । रेनर्सन बाहिर निस्किए ।

न त सेलका डेप्युटीले न नै बुकिङ टेक्निसियनले रेनर्सनले दस्तावेज र उनले नाडीमा लगाएको ब्यान्डमा लेखिएको नाम परिक्षण गरे ।

मार्चले आफू कहिले रिहा हुने भनेर डेप्युटीलाई सोधेपछि जेलरको गल्ती सार्वजनिक भएको हो ।

रेनर्सनकी श्रीमतीले आफ्ना श्रीमानलाई आफू बस्ने घरको ग्यारेजमा देखेपछि चकित भएकी थिइन् ।

जब उनले श्रीमतीलाई आफू कसरी रिहा भए भनी बेलिबिस्तार सुनाए तब उनले श्रीमानलाई कारमा राखेर जेल पुर्याइन् । उनलाई रिहा भएको दुई घण्टा नबित्दै श्रीमतीले जेल फिर्ता गरिदिइन् ।

उक्त घटनापछि रेनर्सनमाथि भागेको, चोरी गरेको, धोका दिएको, अपराधप्रति आकर्षण भएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप