मस्जिद अगाडि टाइट कपडामा दुई युवतीले गरे ‘सेक्सी डान्स’, भिडियो भाइरल भएलगत्तै हंगामा
मलेसियाको एक मस्जिदमा पर्यटकको आगमनमा रोक लगाइएको छ । मस्जिद अगाडि दुई महिला पर्यटकको डान्सको भिडियो भाइरल भएपछि यस्तो निर्णय लिइएको हो । ती युवतीले निकै छोटो र स्किन टाइट कपडामा सेक्सी डान्स गरेका थिए । सबाह राज्यको कोटा कुनाबलूस्थित यो मस्जिद पर्यटकका बीच निकै लोकप्रिय छ ।
मुस्लिम समुदाय रुष्टः
मस्जिद अगाडि युवतीको यस्तो डान्स देखेर मुस्लिम समुदाय निकै रुष्ट छ । मस्जिदका चेयरम्यान सकरनले विदेशीको यस्तो व्यवहार अनैतिक भएाले मस्जिदमा पर्यटकका लागि अस्थायी रोक लगाइएको छ जानकारी दिए । यस्तो गरे मात्र इस्लामको पवित्रता कायम राख्न सक्ने उनले बताए ।
कुनै कारवाही नगरिनेः
स्टेट टुरिजम मिनिस्टर क्रिस्टिन लियुका अनुसार भिडियोमा देखिएका युवतीविरुद्ध कुनै कारवाही गरिने छैन किनभने उनीहरु आफ्नो व्यवहारको गम्भीरताबारे अनभिज्ञ थिए । उनी भन्छन्, ‘यी युवतीको खोजी पक्कै गरिएको छ । उनीहरु भेटिए मोज मस्तीका लागि गरिएको उनको व्यवहार निकै अपमानजनक भएको बताइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा