बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रियंका चोपडाले निक जोनाससँग एक महिनाभित्र इन्गेजमेन्ट गर्ने !

बुधबार, १३ असार २०७५, ०९ : २४
बुधबार, १३ असार २०७५

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको प्रेमलाई आधिकारिक नाम दिने भएकी छिन् । यदि ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने प्रियंकाले अगस्टको अन्त्यमा निकसँग इन्गेटमेन्ट गर्दैछिन् ।

प्रियंकाको नजिकको श्रोतले एक भारतीय समाचार एजेन्सीलाई यसबारे जानकारी दिएकी हुन् । उनका अनुसार प्रियंकाले निकलाई आफ्नो परिवारसँग भेटाउन भारत ल्याएको र यसै क्रममा यी दुईले इन्गेजमेन्ट गर्ने सोच बनाएका हुन् ।

निक र प्रियंकाको गत वर्ष मेट गालामा भेट भएको हो । हालैका केही महिनामा यी दुईलाई विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिएको छ ।

यसबारे प्रियंकाको आधिकारिक बयान आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप