बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतको ‘एभरेष्ट म्युजिकल ब्लास्ट’ मा यसरी झुमे नेपाली (फोटोफिचर)

शुक्रबार, ३० असार २०७४, १२ : ५३
शुक्रबार, ३० असार २०७४

प्रकाश चाम्लिङ

काठमाडौं । ‘एभरेस्ट म्युजिकल ब्लास्ट २०१७’ बेलायतमा केही दिन अघि सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा नेपालकी लोकप्रिय गायिक मेलिना राई र गायक रेवत राईले आफ्नो प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा मेलिना र रेवतसँगै जेनी सुनुवार, ¥यापर गोम्जा लामा, नृत्यांगनाहरु शशी गुरुङ, मिरा फगामीलगायत कलाकारहरुको बेजोड प्रस्तुती लगभग एक महिना भरी बेलायतका करिब १२ स्थानमा सम्पन्न भएका थिए ।

ई मिडिया हब प्रालि युकेले बेलायतका विभिन्न सहरहरुमा कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रममा लेक्स लिम्बू र नेहा देवानले सञ्चालन गरेका थिए । उक्त कार्यक्रम बेलायतको नेपाली समुदायका नयाँ पिँढीलाई नेपाली कला, संस्कृति, संस्कार, संस्कृति र परम्पराहरु चिनारी गराउँदै पुस्तान्तरण गर्ने र प्रतिभावान् युवा युवतीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हबका कार्यकारी निर्देशक ईश्वर चाम्लिङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप