ट्रम्पले फ्रान्सकी फर्स्ट लेडीलाई भने, ‘के तपाईंलाई थाहा छ, तपाईंको शारिरिक बनावटा कति मिलेको ?’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प महिलामाथि टिप्पणी गरेर धेरैजसो चर्चामा रहने गर्दछन् । फ्रान्सको यात्रामा गएका ट्रम्पले फ्रान्सको फर्स्ट लेडी ब्रिजिट म्याक्रोमाथि पनि टिप्पणी गरेका छन् ।
ट्रम्पले ब्रिजिटलाई भने, ‘के तपाईंलाई थाहा छ, तपाईंको शारिरिक बनावट कत्ति मिलेको छ ।’ यति भनेर उनी फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोतर्फ फर्किए र उनको शारिरिक बनावट राम्रो भएको भनी दोहोराए ।
मेलानिया ट्रम्पसँग यात्रामा रहेका अमेरिकी राष्ट्रपतिले फर्स्ट लेडी ब्रिजिट म्याक्रोको दुबै गालामा पेरिस स्टाइलमा चुम्बन गरे । ट्रम्पले निकै बेरसम्म उनको दुबै हात समातेर उभिरहे । यद्यपी, जतिबेला डोनल्ड ट्रम्प फ्रान्सकी फर्स्ट लेडीको फिगरको तारिफ गरिरहेका थिए, त्यतिबेला उनीसँग मेलानिया पनि सँगै थिइन् ।
स्मरण रहोस्, फ्रान्सको भ्रमणमा गएर राष्ट्रपति फ्रान्सका आफ्ना समकक्षी इम्यानुअल म्याक्रोसँग द्वीपक्षीय वार्ता गरे र साझा प्रेस कम्फरेन्सलाई सम्बोधन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ