मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

चीन र भारतसँग देखिएका सीमा समस्या समाधान हुन्छ : प्रधानमन्त्री

मङ्गलबार, १२ असार २०७५, १३ : ११
मङ्गलबार, १२ असार २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधारेको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार आफ्नो चीन भ्रमणबारे संसदमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै छिमेकीसँगको सम्बन्ध सुधार्न, विश्वासको वाताबरण निर्माण गर्न र समझदारी सहकार्यको वातावरण तयार गर्न आफ्नो नेतृत्वको सरकारले सफलता प्राप्त गरेको बताएका हुन् ।

‘हामी क्षणिक हिसावले, कुनै प्रकारले एउटाकाविरुद्ध अर्काको कार्ड खेल्ने, एउटाका विरुद्ध अर्कालाई उचाल्ने, तत्कालिक हितका लागि गैरजिम्मेवार तरिकाले चल्दैनौ’ प्रधानमन्त्री ओलीले भने,  ‘हामी हाम्रा दुवै छिमेकीसँग विश्वासयोग्य, भरपर्दो र पारस्पिारिक सहयोग र सहकार्यको वाताबरण निर्माण गर्न चाहान्छौँ । विकासका लागि छिमेकीलाई साथै लिने र उनीहरुका उन्नती प्रगति उन्नतीबाट लाभान्वीत हुन चाहान्छौ । हामीले उहाँहरुका सम्वेदनशीलतालाई बुझेका छौँ ।’ 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उहाँहरु – (चीन र भारत) का सम्वेदनशीलता, जायज चासो र सरोकारलाई बुझेको भन्दै  कतिपयले भित्र के हो कसो ? बाहिर यस्तो देखिएको छ भनेर लेख्ने गरेको भएपनि नेपाल सरकारको नीति प्रष्ट भएको भन्दै भित्र एउटा र बाहिर अर्को कुरा नगर्ने दावी गरे । 

प्रधानमन्त्री ओलीले आफुहरु दुई छिमेकीकाबीचमा असमझदारी नहोस् असमझदारी हटाउन सकियोस् भन्ने चाहेको पनि बताए ।

‘हाम्रो भुमिका असमझदारी हटाउने पक्षमा सकारात्मक होस् । उहाँहरुका बीचमा पनि समझदारी विकास गर्ने पक्षमा हामी छौ, सहकार्यको बिकास गर्ने क्रममा हाम्रो सकारात्मक योगदान हुनसकोस भन्ने चाहान्छौ,’ उनले भने ।

नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा भएको भन्दै पारसपारिक सहयोगका आधारमा न्यायोचित र अन्तरािष्ट्रय सम्बन्ध चाहेको र भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘छिमेकमा कुनै तनाव नहोस् भन्ने हाम्रो चाहाना छ र त्यहि भएर हामीले भेटघाट र सम्वाद गरिरहेका छौँ,’ प्रधानमन्त्रीको भनाई छ । 

‘राजनीतिक संक्रमण टुङग्याएर सुशासन र विकासमा नेपाल केन्द्रीत भएकाले अब त्यो विकासमा एकल प्रयास मात्र प्रयाप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले तीव्र विकसको बाटोमा अगाडि बढाउन वलिया छिमेकीको सहयोग लिएर अघि बढ्ने बताए । 

प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यपछि नियमावल्ी अनुसार सभामुखले सांसद दिलेन्द्र प्रसाद बडुलाई प्रश्न गर्न अुनमति दिएका थिए ।

सभामुखको अनुमतिपछि सांसद बडुले प्रमको चीन भ्रमणअघि प्रधानमन्त्रीले संसदमा जानकारी गराएका एजेण्डा चीन ट्रेड नेटवर्क ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर नभएकाले भ्रमणका क्रममा भएका सहमतिप्रति कार्यन्वयमा समसया हुने त हैन भनेर प्रश्न गरे ।

‘ट्रान्जिट ट्रान्सपोर्ट एक्जिट प्रोटोकलमा जुलाईमा हस्ताक्षर हुन्छ : प्रधानमन्त्री

त्यस्तै बडुले लिपुलेकबारे समेत भ्रमणबारे केही नवोलिएकोमा जवाफ माग गरे । 

जवाफमा प्रधानमन्त्री ओलीले ट्रान्जीट ट्रान्सपोर्ट एग्रीमेन्ट कहाँ छ भनेर खोज्नै समय लागेको भन्दै त्यो पत्र बल्ल फेलापरेको बताए ।

‘बल्ल फेला परेपछि धुलो टकटक्याएर त्यसलाई अगाडि बढाइयो । आउदो जुलाइसम्ममा प्रोटोकल तयार हुन्छ र सम्झौता पनि हुन्छ ।’ 

लिपुलेकबारेको प्रश्नमा सीमा सुरक्षीत हुनुपर्छ भन्दै सीमासँग कुनै लेनदेन नहुने सानो देश हुँदैमा छोडेर सम्झौता नगर्ने र कुनैपनि हिसावले हामी आफ्नो सीमा सुरक्षा गर्ने बताए ।

तर, उनले कतिपय कुराको अध्ययन गर्न समय लाग्ने भएकाले भारत भ्रमणका सम्बन्धमा पनि सीमा समस्याबारे कुरा उठाएकाले ति अहिले प्रकट भइरहेको बताए ।

उनले डुबानसम्बन्धि अध्ययन टोली भोलीबाटै खटिने, विराटनगर क्याम्पबारे परिणाम देखिन थालेको बताए । उनले चीनसँगको सवालमा पनि कुनै राजनीति गर्न नमिल्ने बताए ।

उनले देशको रक्षा र सीमाको रक्षा गर्न सक्ने भन्दै हिजो भएका कतिपय सीमासम्बन्धी समस्या २१ शताब्दीको विधिअनुसार टुङग्याइने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप