बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार दिनदेखि बेपत्ता तेज मृत फेला : श्रीमती र श्रीमतीको प्रेमी पक्राउ

मङ्गलबार, १२ असार २०७५, १७ : ४०
मङ्गलबार, १२ असार २०७५

धनगढी । घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् ।

असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका आरोपीहरुलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले तेजको हत्यामा संलग्नलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढीको हिरासतमा राखेको छ । 

प्रारम्भिक अनुसन्धानबाट तेजकी श्रीमती लक्ष्मी बडैला र उनका प्रेमी गोदावरी–१२ का दीपक खत्रीले तेजको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । 

उनले असार ८ गते राति तेजलाई भेट्न बोलाएर खत्रीले टाउकोमा लठ्ठीले हानेर मारी भासुको भिडमा फालेको खत्रीले स्वीकार गरेको जनाएका छन् ।

बैशाखको महिनामा लक्ष्मीसँग विवाह गरेका पुनर्वास–२ दशरथ बस्ती टोलमा बस्दै आएका विष्ट गोदवारी–११ ओलानीस्थित ससुराली जानका लागि म २ प ७४७७ नम्बरको सेतो पल्सरमा हिँडेको उनका आमा हिरा विष्टले बताइन् । 

उनले ससुराली ४ बजे पुगेको र ७ बजे साथीको फोन आयो भन्दै ससुरालबाट नै हिँडेको बताइन् ।

अन्दाजी २४ वर्षीय तेजको शव प्रहरीले पोष्टमार्टमका लागि ल्याउने तयारी गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए । 

उनले ५ मिटर गहिरो खोल्सामा लाश खसेको हुनाले उठाउन गाह्रो भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप