बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेवाः गुठी न्यूयोर्कको 'ईही' समारोह सम्पन्न

मङ्गलबार, १२ असार २०७५, ०८ : ५७
मङ्गलबार, १२ असार २०७५

न्यूयोर्क - नेवाः गुठी न्युयोर्कको आयोजनामा 'ईही' समारोह सम्पन्न भएको छ ।

गत जुन २४ तारिख हरेक बर्ष ईहि समारोह मनाउदै आएको गुठीले  बिगत ४ बर्षदेखि निरन्तर रुपमा नेवा कला तथा संस्कृतिलाई निरन्तरता दिँदै आएको छ ।

यसको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले नेवा समुदायलाई आफ्नो नेवाः रीतीरीवाजका कर्म काण्डहरु आफ्नै संस्कार र परम्परा अनुसार सम्पन्न गर्न सजिलो र सरल होस् भनि ईही समारोह गरिएको हो ।

नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्यायद्वारा सामुहिक इहि बिगत बर्षमा झैं यसपाली पनि न्युयोर्क ज्याक्सन हाईट्सको शेर्पा किदुक भवनमा सामुहिक ईही सम्पन्न भयो ।

नेवाः भाषामा ई को अर्थ “समय” र ही को अर्थ “रगत” हो । ईही  नेवा समुदायको छोरीहरुको रजस्वाला हुनुअघिको समयमै औसत छोरीको उमेर ५ देखि ११ बर्ष भित्र बेललाई साक्षी राखी गरिने वा गरिनु पर्ने छोरीको एउटा बिशेष पवित्र कर्म हो ।

यस कर्म पछि छोरीलाई शक्तिशाली महालक्ष्मीको अबतारको रुपमा सम्मान गरिन्छ । यो कर्म बिधि अनुसार सम्पन्न गरि सकेपछि नेवा समुदायका कन्या कहिल्यै पनि बिधवा हुँदैन भन्ने कुरा शास्त्रमा उल्लेख  छ ।

कार्यक्रममा स्वयंसेवक तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्यायलाई बिशेष योगदानको लागि कदर पत्र प्रदान गरिएको  नेवा गुठी न्युयोर्कका महासचिव बिजय मान सिंहले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप