शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्फिनिटी डिस्प्लेको साथ सामसङ ग्यालेक्सीको नयाँ ए६ तथा ए६ प्लस बजारमा

सोमबार, ११ असार २०७५, १९ : २०
सोमबार, ११ असार २०७५

काठमाडौं । सामसङ नेपालले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए६ तथा ए६ प्लस नेपाली बजारमा प्रस्तुत गरेको छ । यो नयाँ स्मार्ट फोन प्रभावशाली रहेको कम्पनीको दावी छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लीक डिजाइनको साथ बजारमा ल्याइएको छ ।

ए६ प्लस मा ६ इन्च एफएचडी प्लस स्यामोलेड डिस्प्ले रहेको छ भने ग्यालेक्सी ए६ ५.६ इन्च एचडी प्लस स्यामोलेड डिस्प्लेको साथ उपलब्ध रहेको छ । त्यसै गरी ए६ तथा ए६ प्लसमा स्लीक कब्र्स रहेको छ । यो आकर्षक स्टाइल तथा सहज रुपमा हातमा अटाउने खालको एरोनोमिक डिजाइन रहेको छ । 

ग्यालेक्सी ए६ तथा ए६ प्लसको इन्फिनिटि डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्दछ । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटन हुनु यसको विशेषता रहेको छ । सहजताको लागि फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ  ।

डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले १८.५ः९ को एसपेक्ट रेसियो प्रदान गरेको छ । यसले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको  अनुभव प्रदान गर्ने छ । ग्यालेक्सी ए६ तथा ए६ प्लस आजका युवा पिंढीलाई विशेष ध्यानमा राखेर तयार पारिएको आइ एम विजका प्रमुख प्रणय रन्त स्थापितले बताए । 

ग्यालेक्सी ए६ तथा ए६ प्लसमा सामसङको नयाँ प्रविधि प्रयोग भएको छ, जुन आजका पुस्ताहरुको मागलाई पूरा गर्न सफल भएको छ । ग्यालेक्सी ए६ तथा ए६ प्लस को नेपाली मूल्य क्रमशः रु. ४४,३९०  तथा रु ३९,८९० तोकिएको छ ।

यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही असार ६ गते देखि उपलब्ध हुने छ । ग्राहकहरुकोे लागि दुबैं स्मार्टफोनमा ६ महिनाको ब्रेकेज इन्स्युरेन्स प्रदान गरिएको छ । ए६ तथा ए६ प्लस मा ६००० एम बिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एम बि का दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सक्नुहुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप