नयाँ रणनीति, नयाँ उरुग्वे
एजेन्सी । युवा परियोजनाबाट खेलाडी उत्पादन गर्दै उनीहरुलाई राष्ट्रिय टोलीसम्म स्थापित गर्ने उरुग्वेको नीति यतिबेला सफल भइरहेको छ ।
उदाहरणका लागि, इङल्यान्डलाई हेरे पुग्छ । अघिल्लो विश्वकपमा कुनै खेल नजिती समुहको पुछारमा रहेर बाहिरिएको इङ्ग्ल्यान्ड अहिले सुरुवाती दुई खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा पुगिसकेको छ ।
अनि उरुग्वे नि । उसले पनि सुरुवाती दुई खेल जितेको छ । रुससँग अन्तिम खेल खेल्नु अगावै दोस्रो चरणका लागि छनोट भइसकेको छ । तर, साउदी अरेबिया र इजिप्ट विरुद्धको खेलकै आधारमा सफल भएको मान्न सकिदैंन । खासमा उरुग्वे यतिबेला त्यस्तो समस्याबाट ग्रसित छ । जुन समस्याबाट पछिल्ला संस्करणका विश्वकपहरुमा इङ्ग्ल्यान्ड प्रताडित थियो ।
पछिल्ला केही वर्षदेखि उरुग्वेले ४–४–२ को संरचनामा खेल्दै आएको छ । यो संरचनाअनुसार टोलीको अग्रपंक्तीमा दुई स्टार लुईस सुआरेज र इडिन्सन काभानी छन् । उनीहरुलाई फाइदै भएको छ । कमजोर टोलीहरु विरुद्ध गोल पनि गरेका छन् । यो टोली पुरै प्रतिक्रियावादी छ । आठ खेलाडीहरु डिफेन्समा ध्यान दिन्छन् । बल पाएपछि मज्जाले खेल्छन् । अनि बल ढुकेर काभानी र सुआरेजले निशाना लगाउँछन् ।
तर, बल खेलाउन चाहने नयाँ पुस्ताका मिडफिल्डहरुको खेलशैलीलाई ध्यानमा राखेर भएपनि अब उरुग्वेका प्रशिक्षक ओस्कार टाबरेजले रणनीति परिवर्तन गर्नुपर्ने अवस्था छ । नयाँ खेलाडीहरुले टोलीको खेल परिवर्तन गराएका छन् । उनीहरु मैदानको अगाडि बढेर खेल्न चाहन्छन् । बलमाथि नियन्त्रण राख्दै परिस्थितीअनुसार अगाडि र पछाडि गरिरहन चाहन्छन् । इजिप्ट र साउदी अरेबिया विरुद्ध यस्तो देखिएको छ ।
यो प्रदर्शन नै काफी छ । कुनै पनि खेलाडीले राम्रो डिफेन्स गरेका छैनन् । तर, बलमाथि नियन्त्रण चाहेका छन् । तर सोचेजसरी बल पास भएको छैन । मिडफिल्डमा बल घुुमेको छ । यसरी खेल्दा ४–४–२ को रणनीति सफल हुन सक्दैन ।
फ्रयाङ लाम्पार्ड र स्टेफेन जेरार्डले खेल्दा इङ्ग्ल्यान्डमा यस्तै हुने गरेको थियो । उरुग्वेका माथिस भिसिनोले राम्रो खेल्न सकेका छैनन् । रोड्रिगो बेन्टानकरले केही अवसर सिर्जना गरेका छन् । तर, खेललाई जसरी नियन्त्रणमा लिने अपेक्षा गरिएको थियो । त्यस्तो भएको छैन । त्यसैले उरुग्वे समस्यामा छ ।
गत मार्चको अन्त्यमा उरुग्वेले चेक रिपब्लिक र वेल्सलाई हराएर चाइना कप जितेको थियो । त्यतिबेला ४–४–२ को रणनीति सफल भयो । त्यतिबेला प्रशिक्षकले डियगो लेक्जाल्टलाई अनपेक्षित रुपमा लेफ्ट ब्याकका रुपमा खेलाएका थिए । जबकी उनी लेफ्ट मिडफिल्डर हुन् । यद्यपी, उनले राम्रो खेले र उत्कृष्ट क्रसहरु उपलब्ध गराए । फ्ल्यांकबाट उनले उपलब्ध गराएको बललाई लेफ्टमा रहेका मिडफिल्डरले सदुपयोग गर्दा भेसिनो र बेन्टाकरले राम्ररी खेल्न पाएका थिए । जसका कारण विपक्षी दबाबमा प¥यो र उरुग्वे अघि बढ्यो ।
अहिले टावरेजले मार्टिन सासेरिसलाई लेफ्ट ब्याकका रुपमा खेलाएका छन् । इजिप्ट विरुद्ध यो रणनीति केही तर्क संगत पनि थियो किनकी मोहमद्द सालाहले दिने संभावित थ्रेटलाई रोक्नु थियो । तर, साउदी अरेबिया विरुद्ध किन यस्तो भएको थियो भनेर अनुमान लगाउन गाह्रो छ । हुनत स् लेक्जाल्ट पनि मैदान छिरे । तर उनी सासेरिकको ठाउँमा नभएर लेफ्ट साइड मिडफिल्डर क्रिष्ट्रियन रोड्रिग्वेजको सट्टामा मैदान छिरेका थिए ।
फेरि, इजिप्ट विरुद्धकै सुरुवाती खेलमा फर्कौं, देब्रेतर्फ मिडफिल्डमा गियोजियन डि असार्रेसेइटा थिए । उनी, डिफेन्स र मिडफिल्डमा हराइरहेका थिए । जसरी कुनै समय इङल्यान्डमा पाउल स्कोल्स हराएका हुन्थ्यें । दाहिने खुट्टे लेफ्ट ब्याक उनीभन्दा पछाडि थिए र असार्रेसेइटा प्रभावहिन रहे । टिम लाईनअपको घोषणा हुँदै अनुमान लगाउन सकिन्थ्यों कि उनी सफल हुने संरचना नै बनेको छैन ।
यस्तो समस्याबीच उरुग्वेले रुस विरुद्धको खेलमा रणनीति परिवर्तन गर्नसक्ने संभावना धेरै नै देखिन्छ किनकी सुरुवाती दुई खेल जितिसकेका कारण उरुग्वेलाई यस खेलमा दबाब छैन । प्रयोग गर्ने छुट छ । नयाँ–नयाँ प्रयोग गर्न रुचाउने ओस्कार टाबरेजले यस खेलमा ३–५–२ को रणनीति प्रयोगमा ल्याउन सक्छन् । यही रणनीतिको बलमा उरुग्वेले सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । यस्तोमा सेसिरेस रक्षात्मक हुनसक्छन् । लेफ् विंग ब्याकका रुपमा लेक्जाल्टले आफ्नो भमिका फराकिलो बनाउन सक्छन् । सेन्टर मिडफिल्डमा लुकास टोर्रेइरासँगै भिसिनो र बेटानकर्ट रहनसक्छन् ।
रुस विरुद्ध उरुग्वेलेले यस्तो प्रयोग गर्नसक्छ किनकी उरुग्वेले अन्तिम १६ मा थप कठिन खेल खेल्नुपर्नेछ । उरुग्वेले सन् १९५४ को विश्वकपपछि पहिलोपटक सुरुवाती दुई खेल जितेर इतिहास दोहो¥याएको छ र अब खासमा जित्न चाहेको के हो भनेर उसले देखाउन जरुरी छ । उरुग्वे सन १९३० र १९५० को विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण