शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्पनीको कम्पाउन्डमा तातो अलकत्रमा कसरी जले ५ वटा गाई ?

सोमबार, ११ असार २०७५, १४ : १४
सोमबार, ११ असार २०७५

ललितपुर । ललितपुरको बागडोलमा तातो अलकत्रले ५ वटा गाई जलेका छन् । ललितपुर महानगरपालिका वडा नं. ४ बागडोल मलपोखरीस्थित चक्रपथ निर्माणका लागि कार्यरत चिनियाँ निर्माण कम्पनी परिसरभित्र ति गाईहरु तातो अलकत्रले जलेका हुन् ।

अलकत्रले जलेकामध्ये दुईवटा गाईको मृत्यू भएपछि कम्पनीमा कार्यरत कामदारले गुपचुप गाडेको बताइएको छ । 

घाइते बाँकी गाइको भने पशु कल्याणसम्बन्धी काम गर्ने संस्था स्नेहाज केयरले उद्धार गरि उपचार गरिरहेको जनाएको छ । 

घाइतेमध्ये एउटा गाइको अवस्था गम्भीर रहेको उक्त संस्थाले जनाएको छ । 

असार नौ गतेको उक्त घटना स्थानीय तथा पशुअधिकारकर्मीले १० गते मात्रै थाहा पाएका थिए । 

एकैपटक पाँचओटा गाईहरु तातो अलकत्रमा पर्नु तथा जिवित रहेका गाईहरुको उपचार तथा उद्धारमा पहल नगरी नदी किनारमा लगेर वेवारिसे अवस्थामा फालिएको घट्नाप्रति पशुअधिकारकर्मीहरुले निन्दा गरेका छन् । 

स्नेहाज केयरका कार्यकारी अधिकृत कपिल काफ्लेले सोमबार ललितपुर महानगरपालिका, ललितपुर प्रहरी तथा पशु कार्यलयलाई घटनाबारे जानकारी गराउदै दोषी पहिचान गरी संलग्नहरुलाई कारवाही गर्न तथा यस्ता घटना नदोहोरिन सरोकारवालको ध्यानाकर्षण गराएका छन् । 

पशु पालन  व्यवसायको आधुनिकीकरणका साथै वैज्ञानिक व्यवस्थापनमा नदिँदा सडकमा वेवारिसे जनावरको समस्या बढीरहेको छ । 

गाईलाई नेपालको राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पुज्ने समेत गर्छन् । गाईप्रति हुने कुनैपनि किसिमका दुुव्र्यवहारलाई नेपालको संविधान तथा मुलुकी ऐनले अपराधको रुपमा सम्बोधन गरेको छ । तरपनि राजधानीभित्रै हुने दुव्र्यवहारका घटनाहरुले कानुनी राज्यको परिपालना नभएको सरोकारवालाहरु बताउछन् ।

मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २७ मा पशुपंक्षी सम्बन्धी कसुरको बारेमा उल्लेख छ । जसमा गाईगोरु मार्न वा कुट्न नहुने तथा पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने जस्ता व्यवस्था गरिएको छ । 
यदि त्यस्तो कसुर कसैले गरे सजायको समेत व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप