शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनको कामबाट किन प्रभावित साम्राज्ञी ?

सोमबार, ११ असार २०७५, १३ : ४२
सोमबार, ११ असार २०७५

 काठमाडौं – बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको निर्माण रहेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर र प्रदर्शन मिती एकसाथ सार्वजनिक गरिएको हो । 

१८ साउन चलचित्रको प्रदर्शन मिति जुरेको निर्माता नायक आर्यनले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा आर्यनको अलवा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक लक्ष्मण रिजाल लगायत उपस्थित थिए ।
चलचित्रमा आर्यनको जोडी साम्राज्ञी बनेकी छन् । कामका लागि सधै नै तयार हुने साम्राज्ञीका कारण चलचित्र सुटिङ गर्न निकै सजिलो भएको आर्यनले बताए । 

अभिनेत्री साम्राज्ञीले चलचित्र निकै राम्रो बनेको दाबी गरिन् । साम्राज्ञीले आर्यनको पहिलो चलचित्र हेर्दा आफू सानी नै रहेको बताउदै त्यही नायकसँग रोमान्स गर्न निकै आनन्द आएको बताइन् । आर्यनको कामबाट आफू अत्यन्त प्रभावित भएको साम्राज्ञीको भनाई रहेको थियो । 

म्यूजिकल लभ स्टोरी बिषयमा बनेको चलचित्र फिलिपिन्समा छायांकन गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप