शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ह्युण्डाईको इलाईट आई२० २०१८ फेसलिफ्ट नेपाली बजारमा

सोमबार, ११ असार २०७५, १३ : २६
सोमबार, ११ असार २०७५

काठमाडौं । नेपालको लागि ह्युण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले बहुप्रतिक्षित इलाईट आई२० २०१८ फेसलिफ्ट नेपालमा ल्याएको छ । ह्युण्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा गरेको मुख्य अपग्रेड उल्लेखनीय भएको जसले ग्राहकको हरेक अपेक्षालाई पूर्णता दिएको कम्पनीले बताएको छ ।

यो फेसलिफ्ट मोडल स्पोर्टस् र अस्ता भ्यारियन्टमा उपलब्ध छ । इलाईट आई२० २०१८ फेसलिफ्ट उही फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आउँछ, जुन कुना तर्फ पूरै तन्कीएको र यसको फग् एवं हेडल्याम्पहरुका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ ।

यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ । बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरुलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ । सुरक्षाको मापदण्ड अनुरुपमा एबीएस र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ ।

उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको छ । यसले कारप्ले, एन्डरोइड अटो र मिररलिंकको माध्यमबाट आरकमिज साउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ । 

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ । लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप