बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आइफाः श्रीदेवीको अवार्ड लिँदा रोए बोनी कपुर

सोमबार, ११ असार २०७५, १२ : ३५
सोमबार, ११ असार २०७५

१९ औं अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्डस् अर्थात् आइफा २०१८ मा बोनी कपुर आफ्नी दिवंगत श्रीमती श्रीदेवीले पाएकी उत्कृष्ट नायिकाको अवार्ड लिने क्रममा भावुक भए ।

श्रीदेवीको यस वर्ष फेब्रुअरी २४ तारिखमा दुबईमा निधन भएको थियो । आफ्ना भान्जाको विवाह कार्यक्रममा सरिक हुन पुगेकी श्रीदेवीको बाथटबमा डुबेका कारण मृत्यु भएको थियो ।

स्वर्गीय श्रीदेवीले उक्त अवार्ड सन् २०१७ मा रिलिज भएको क्राइम थ्रिलर फिल्म ‘मम’ मा आमाको भूमिका निभाएका कारण दिइएको थियो ।

मञ्चमा भावुक भए बोनी कपुरः

अवार्ड लिन बोनी मञ्चमा पुग्नेबित्तिकै उनी भावुक भए । रसाएका आँखासहित बोनीले भने, ‘उनको कमी मेरो जीवनको हरेक क्षण महसुस गरिरहेको छु ।’ पछि बोनीका छोरा र बलिउड नायक अर्जुन कपुर र भाइ अनिल कपुर मञ्चमा आएर उनलाई सहानुभूती दिए । यो मौकामा बलिउड स्टार अनिल कपुरले भने, ‘वास्तवमै उनी महान थिइन् । देश, विश्व र हाम्रो परिवारले तपाईंलाई याद गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप