बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक र सुमेरु सिटि अस्पतालबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको छुट

सोमबार, ११ असार २०७५, १२ : ३०
सोमबार, ११ असार २०७५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि. र सुमेरु सिटि अस्पताल पुल्चोक बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय  प्रमुख बसन्त बक्सी र अस्पतालका लेखा प्रमुख बादल सिल्पाकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले सुमेरु सिटि अस्पताल पुल्चोकमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट तथा औषधी खरिदमा ८ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकवर्गलाइ  आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप