बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महासमिति बैठकमा केन्द्रित हुँदै काँग्रेस

सोमबार, ११ असार २०७५, ०६ : ४८
सोमबार, ११ असार २०७५

हालै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न गरेको नेपाली काग्रेस अब विधान संशोधन समिति निर्माण र महासमिति बैठकको तयारीमा जुटेको छ ।

गत चैत्र ९ गते देखि १६ गते सम्म बसेको केन्द्रिय समिति बैठकले आउदो भदौ सम्म महासमिति बैठक आव्हान गर्ने निर्णय गरेको थियो । स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताविक पार्टीको पुनर्संरचना गर्न विधानमा समयानुकल संशोधन तथा परिमार्जन गर्न महासमिति बैठक आव्हानको तयारी गरिएको हो ।

केन्द्रिय बैठकले आगामी भदौसम्म महासमिति बैठक बस्ने निर्णय गरे पनि मिति तय भएको छैन । हेटौडामा सम्पन्न भेलाले महासमितिको स्थान र मिति अबिलब्ब तोक्न केन्द्रिय कार्यसमितिलाई आग्रह गरेको थियो । पार्टी विधान संशोधन तथा परिमार्जनको लागि काग्रेसले क्षेत्र, जिल्ला, प्रदेश तथा सामुहिक रुपमा पनि सुझावहरु संकलन गरिरहेको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप