शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै मञ्चमा नेपाल र भारतका ६ नाटक

आइतबार, १० असार २०७५, १९ : ५८
आइतबार, १० असार २०७५

काठमाडौं– शुक्रबारबाट सुरु भएको ‘ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५’ आज सकिदैछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बत्तिस पुतलीस्थित शिल्पी थिएटरमा आयोजित उत्सवमा उत्सवमा नेपाल र भारतका ६ नाटक सहभागी छन् । 

शुक्रबार संस्कृति मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरेको उत्सव आइतबार फुलमान बलको नाटक सोनाम ग्याल्मो र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक भिखारीनामा मञ्चनसँगै सकिने शिल्पी थियटरले जनाएको छ । 

उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले आफु नाटक प्रेमी भएको र नेपालमा नाटकसम्बन्धि कामहरु अझै निकै कम भएको बताए । नेपाल र भारत दुई देश सहभागी यो नाटक उत्सबले युवापुस्तामा पनि नाटकप्रति आकर्षण जगाउने बताए ।

तीनको उत्सबका संयोजक एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश रञ्जान झाले १३०५ सालमै सिमरौनगढका नाटककार ज्योतिरीश्वर ठाकुरले लेखेको नाटकको पाण्डुलिपी अहिले पनि हामीसँग सुरक्षित भएको बताए । त्यही नाटक उत्सबमा मञ्चन गरिने भएकाले उत्सबको नाम ज्योतिरीश्वर उँग उत्सब राखिएको बताए ।

उत्बसको पहिलो दिन शुक्रबार दुई ओटा नाटक मञ्चन भएका थिए । जसमा एक सांस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक ‘भृ’ र अर्काे ‘धूर्तसमागम’ रहेको थियो । ‘भृ’मा गोरन चौधरी, आकाश त्रुकछाकी, शुशिला थापा, माया थापा, गीता राई, लोकेन्द्र लेखक, लक्ष्मी तामाङ, मदन थापा, मिलन नेपाली, गीता थापा, संगीत लिम्बु र तिलक सुनुवारको अभिनय थियो, भने ‘धूर्तसमागम’ पूजा प्रियादर्शनी, रमन कुमार, मनिषा झा, सोनिया झा, मुकेश झा, बँगटलाल, जितेन्द्रकुमार, सजिबकुमार लगायतले अभिनय गरेका थिए । 

शनिबार दिउँसो राम केएसी निर्देशित अश्वेत मञ्चन भयो । नारी र पुरुषको समस्य देखाएको नाटमा शिबप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बाँस्तोला, शिक्षा केसी, एलिजा अधिकारी, दीलिप खड्का, विज्ञान गजुरेल, किरण चपागाईं, तिर्सना राईको अभिनय थियो । शनिबार अपरान्ह श्यामकुमार सहनी निर्देशित भारतीय नाटक संवदिया मञ्चन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप