शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पकी प्रवक्ता भन्ने थाहा पाएपछि अमेरिकाको एक रेस्टुरेन्टले खाना दिन मानेन

आइतबार, १० असार २०७५, १८ : ११
आइतबार, १० असार २०७५

एजेन्सी । अमेरिकाको भर्जिनियामा रहेको एक रेस्टुरेन्टले अहिले अमेरिकी राजनीतिका दुई पक्षको समर्थन र विरोध भोगिरहेको छ । यो विरोध यस रेस्टुरेन्टकी सञ्चालिकाले आफ्नो रेस्टुरेन्टमा खान आएकी ह्वाइट हाउसकी प्रेस सचिव शाराह स्याण्डर्सलाई रेस्टुरेन्टबाट निकालेपछि शुरु भएको हो ।

शुक्रबार भर्निनियामा रहेको द रेड हेन लेक्जिङ्टनकी वेटर दावी गर्ने एक फेसबुक प्रयोगकर्ताले स्याण्डर्सलाई रेस्टुरेन्ट निस्कन भनेपछि आफूले स्याण्डर्सलाई ‘जम्मा दुई मिनेटमात्र’ सेवा दिएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।

उक्त पोष्ट तब भाइरल भयो जब संगीतकार, अभियानकर्ता र पूर्व अमेरिकी कुटनितिज्ञ रहेका ब्रेनन् गिलमोरले उक्त पोष्टको ‘स्कृनसट’ सोही रेस्टुरेन्टको जस्तो देखिने हस्तलिखित “८६ साराह हक्कबी स्याण्डर्स” लेखिएको तस्वीरसँगै ट्विट गरे ।

“८६” रेस्टुरेन्टमा कुनै ग्राहकलाई सेवा दिन अस्वीकार गरिदाँ लेखिने स्लाङ्ग हो ।

त्यसको केही पछि यस खबरलाई पुष्टि गर्दै स्याण्डर्सले ट्वीट गरिन् । “हिजो रात भर्जिनियाको रेड हेन लेक्जिङ्टनकी सञ्चालिकाले मलाई तीनको रेस्टुरेन्टबाट निस्कन भनिकी किनकी म अमेरिकी राष्ट्रपतिको लागि काम गर्थे । र म विनम्रतापूर्वक निस्किएँ,” ट्वीटमा साराहाले लेखेकी छिन् “उनको कार्यले मेरो भन्दा पनि उनकै स्वभाव बारेमा बताउँछ । म सधैं मानिसहरुलाई असल व्यवहार गर्न सक्दो प्रयास गरिरहेको हुन्छु, आफूसँग असहमत रहनेहरुसँग पनि । र यस्तो कार्य निरन्तर जारी राख्नेछु ।”

सेफ–प्रमुख स्टेफ्नी विकिल्सनले ट्रम्पको विपक्षमा भोट हालेको आफ्नो सानो सहरमा राजनीति निक्कै विष्फोटक अवस्थामा रहेको बताइन् ।

स्याण्डर्सले एक “अमानवीय र अनैतिक” प्रशासनमा काम गरिरहेकाले आफू नैतिक रुपमा राष्ट्रपतिको “क्रुर नीतिहरु”को प्रतिरक्षा गर्ने व्यक्तिलाई स्वीकार्न नसक्ने बताइन् ।

“खासमा म विवाद गर्ने खालको मान्छे होइन् ,” विल्किन्सनले बासिन्टन पोस्टसँग भनिन् “मेरो व्यबसाय छ र म आफ्नो व्यबसाय विस्तार गर्न चाहन्छु । यो समय लोकतन्त्रप्रतिको नैतिक समर्थनमा अढिग रहनको लागि हामीले यस्तो असहज कार्य र निर्णय लिनु पर्छ,” उनले जोड दिइन् ।

“मैले हाम्रो रेस्टुरेन्टको इमान्दारी, करुणा र सहकार्यजस्ता निश्चित मापदण्ड भएको र त्यसमा अढिग रहन बाध्य भएको बताए ,” सञ्चालिकाले बताइन् “त्यसपछि मैले ‘म तपाई निस्कन आग्रह गर्छु’ भने । ”

यो समाचार पछि रेस्टुरेन्टको अनलाइन रिभ्यु खण्डमा अहिले रेटिङ्ग मार्फत प्रतिक्रियाको बाढी आइरहेको छ । रेस्टुरेन्टको अडानको समर्थनमा मानिसहरु यसको अनलाइन रिभ्युमा फाइभ स्टार(प्रंशसा) र यसको विरोध गर्नेहरुले वन स्टार (आलोचना)को दिइरहेका छन् ।

यो खबर मंगलबार अमेरिकी सरकारको होमल्याण्ड सेकुरिटीकी सेक्रेटरी किरस्टजेन नेइलसेनलाई बासिन्टनस्थीत मेक्सिकन रेस्टुरेन्टमा खाना खाइरहदा अबरोध भएको खबरपछि आएको हो ।

ट्रम्प प्रशासनको आप्रबासीहरुको बालबालिकाहरुलाई अभिभावकहरुबाट छुट्टाउने नीतिको कट्टर समर्थक रहेकी निइलसन रेस्टुरेन्ट छाडेर ननिष्केसम्म छेउमा रहेका मानिसहरुले “सेम! सेम!(लाज मान)” भनेका थिए ।

त्यसको दुई दिन अघिमात्र ह्वाइट हाउसका सल्लाहकार स्ेटफन मिलरमाथि बासिन्टन स्थीत भोजनालयमा खाना खाइरहदा “फासिस्ट” भनेर चिल्लाइएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप