गोरखामा जेसीबीको आधिकारिक आउटलेट स्थापना
गोरखा । नेपालको लागि जेसीबी ब्रान्डका अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स प्रा.ली.ले गोरखाको हरमटारीमा ‘अर्थराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।
नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । गोरखा र आसपासका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।
निर्माण व्यवसायी संघ, गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र उद्योग वाणिज्य संघ, गोरखाका जिवन ज्योति श्रेष्ठले नयाँ ‘एआरओ’को उद्घाटन गरेका थिए । योसँगै जेसीबीले आठ वटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ ।
गल्छी, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।
जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमानम्बर १ ब्रान्ड बनेको जेसीबीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर