शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्ना र डिजिपेद्वारा पिङ्क फ्लोयड ब्यान्डलाई नेपालमा ट्रिब्युट

आइतबार, १० असार २०७५, १७ : २४
आइतबार, १० असार २०७५

काठमाडौं । अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपेले अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा हालै ट्रिब्युट टु पिङ्क फ्लोयड ब्यान्डलाई नेपालमा प्रस्तुत गरेको छ ।

उक्त कार्यक्रममा कागजी टिकटको प्रयोग नगरी डिजि पे यापद्वारा डिजिटल पेमेन्ट गेटवे मार्फत् खरिद गर्ने व्यवस्था मिलाइएको थियो ।

कार्यक्रम मार्फत् उक्त एप पनि सञ्चालनमा ल्याइएको हो । गत शनिवार क्लब डेजा भूमा आयोजना गरिएको उक्त संगीतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा ४५०० भन्दा बढी दर्शक, नेपालका स्थापित संगीतकर्मी एवं अतिथिहरुको पनि उपस्थिति रहेको थियो । 

यती ब्रुअरी प्रा.लि, नेपालमा स्थापित एक ब्रुअरी कम्पनी पनि हो । बिशाल ग्रुप तथा एभरेष्ट ग्रुपद्वारा प्रबर्धित कम्पनीले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग सम्झौता गर्दै स्थापित ब्राण्ड तथा स्थानीय ब्राण्डमा आफ्नो उत्पादन गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप