शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल युएसकि बर्तिका राईलाई महिला सशक्तिकरण पुरस्कार

आइतबार, १० असार २०७५, १७ : १२
आइतबार, १० असार २०७५

बिहिबार न्युयोर्कको लङ आइल्याण्डमा आयोजित कार्यक्रममा गायिका तथा मिस नेपाल युएस २०१३ बर्तिका राईलाई सुस्मिता सेनले सम्मानित गरेकी छिन् ।

बलिवुड कि चर्चित कलाकार तथा मिस युनिभर्स १९९४ सुस्मिता सेनको हातबाट उनलाई सम्मान गरिएको हो । 

महिला शशक्तिकरणको मर्मसहित आयोजित कार्यक्रममा उक्त पुरस्कार पाउनेमा बर्तिका अन्य पुरस्कृत हुने महिलाहरुमा नेपाली मध्येमा बर्तिका मात्र एकल थिइन् ।

सुस्मिता सेनले क्रिस्टल अवार्ड प्रदान गरेकी थिइन् ।

बर्तिका गायिका हुन् ।

उनले गाएका कैयन गीत  चर्चित छन् ।

१८ देखि २५ वर्ष का नेपाली युवतीहरुले भाग लिन सक्ने सो प्रतियोगिता यस वर्ष नेपाल ११ इन्टरटेनमेन्टले गर्ने छ ।

मिस नेपाल युएसको आगामी छैठौ संस्करण अगस्त १९ मा टेक्सासको ड्यालसमा हुँदैछ । 

न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स थिएटरमा आयोजित 'मिस नेपाल युएस २०१३' (Miss Nepal US 2013) सुन्दरी प्रतियोगितामा बर्तिका राईले १५ जना प्रतियोगीहरुलाई उछिन्दै  'मिस नेपाल युएस २०१३' को ताज जितेकि थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप