शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओयो अबदेखि इसेवामा आवद्ध, उचित मूल्यमा स्तरिय होटल बुकिङ गर्न सकिने

आइतबार, १० असार २०७५, १६ : २४
आइतबार, १० असार २०७५

काठमाडौं । उचित मूल्यमा होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाइलबाट सहजै स्तरिय होटलको बुकिङ गर्न सक्ने छन् ।

ओयोसँगको सहकार्यबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा इसेवाका प्रेसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेन्ट प्रसुन चौधरीबीच हस्ताक्षर भयो । कार्यक्रममा इसेवाका प्रेसिडेन्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए ।

उनले २०२०लाई पर्यटन वर्ष घोेषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको बताए । त्यसैगरी ओयोका भाइस प्रेसिडेन्ट प्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयोको विस्तारका लागि निकै सहज हुने बताए ।

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन भएको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिएको छ । 
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । २०१७ बाट नेपालमा सेवा प्रारम्भ गरेको ओयोले काठमाडौं र पोखरा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्य गरेको छ । ओयोले भारत, चीन, मलेसियाका साथै नेपालमा पनि सेवा दिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप