शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा एनआरएन उम्मेदवारवीच मन्थन

शुक्रबार, ३० असार २०७४, ०९ : ०७
शुक्रबार, ३० असार २०७४

विजय थापा
आगामी जूलाई २९ तारिखका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका९एनआरएन युएसए०का निर्वाचनका लागि उम्मेदवार भएकाहरुबीच बृहत मस्तिष्क मन्थन गरिने भएको छ । हाल हाल एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवार बीच ४ पटक बहस कार्यक्रम सम्पन्न भएको छ ।

तर अन्य उम्मेदवारहरुबीच पृथक बहस अहिले सम्म नगरिएको अवस्थामा एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवार बाहेक का उम्मेदवारहरु बीच बृहत मस्तिष्क मन्थन ९ब्रेनस्ट्रोमिङ्ग ० गर्न लागिएको हो । 

अध्यक्ष बाहेक अन्य उम्मेदवारहरुको अनुरोध र आग्रह लाई मध्य नजर गर्दै अन्य उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता ,कार्यसूची ,योजना ,मार्गचित्र ,विचारहरु समेत राख्न सार्वजनिक रुपमा राख्न पाउन भनि यो कार्यक्रमको तारतम्य मिलाईएको जानकारी कार्यक्रमको परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता सच्ची मैनालीले बताईन् । 

सवैले सामान अवसर पाउन भन्ने पवित्र उद्देस्य को साथ समाजमा सकारात्मक संदेश जाओस भन्ने अभिप्रायले मस्तिष्क मन्थन ९ब्रेनस्ट्रोमिङ्ग ०को आयोजना तय भएको मैनालीले जानकारी गराईन् ।

मैनाली ले अगाडी भनिन ,यसमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार बाहेकलाई मात्र आमन्त्रण गरिने र धेरै उम्मेदवार मैदानमा उत्रिएकोले सहभगिता राम्रो हुने अपेक्षा रहेको उनले बताईन् । 


मस्तिष्क मन्थन अलिक फरक प्रस्तुतिमा हुने छ भने आफ्ना प्रतिबद्धता तथा बिबिध कुराहरु मात्र नराखी एनआरएन युएसए लाई कसरी विश्व कै नमुना तथा उत्कृष्ठ बनाउने बारेमा उम्मेदवारहरुले आ(आफ्नो तर्फ बाट निश्चित तार्किक बिन्दुमा पुर्याउने मार्ग चित्र ९रोड म्याप ० बनाउन सकुन भन्ने हेतुले यो फरक मन्थन राखिएको हो ।

मैनाली ले अझ थप जानकारी दिदै उनले भनिन अमेरिका भरका जो कोहि उम्मेदवार आईसीसी सदस्य समेतलाई समेटिएकोले आउन ईक्षा गरे उनीहरुले ठुलो मौका पाउने छन्  िर ,उनीहरु भित्र रहेका प्रतिभा ,योजना र नेतृत्व क्षमता को समेत प्रत्यक्ष रुपमा प्रस्फुटित हुने हुनाले दर्शक तथा अमेरिकामा रहेका एनआरएन सदस्यहरुले नेतृत्व को गुण ,योग्यताको मुल्यांकन समेत गर्दै निर्वाचनमा समेत बिजयी बनाउने समेत निर्णय गर्ने छन् । 

एकै थलोमा ठुलो सुनौलो मौका भएकोले एनआरएन एनसीसी अध्यक्षका उम्मेवार बाहेक सवैलाई आमन्त्रण सामाजिक संजाल मार्फत दिइएको छ  िन्युयोर्क स्थित ओं शान्ति मन्दिरमा आयोजना हुने मष्तिस्क मन्थन ठिक ३ बजे हुने छ भने सहभागी हुने उम्मेदवारले प्रस्तोता सच्ची मैनाली संग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने आग्रह गरेकी छिन् । 

मस्तिष्क मन्थन को आयोजना डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिजले गर्नेछ भने कार्यक्रम प्रस्तोता ईनेप्लिज कि रेजिडेन्ट सम्पादक सच्ची मैनालीले गर्ने छिन् ।  मैनाली ले ५ घण्टा सम्म अनवरत रुपमा धित मर्ने गरि मार्गचित्र बनाउन राम्रा र आदर्स कुराहरु राख्न पाइने हुनाले समय व्यवस्थापन गर्न सकिने भए सवै उम्मेदवारहरुलाई आमन्त्रण यसै समाचार मार्फत गरेकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप