शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो वर्ष को बन्ला उत्कृष्ट अभिनेता ?

आइतबार, १० असार २०७५, १३ : ५४
आइतबार, १० असार २०७५

 काठमाडौं– अभिनेता अनमोल केसी, प्रदीप खड्का,पल शाह, पुष्पल खड्का र दयाहाङ राईबीच उत्कृष्ट अभिनेताको रुपमा भिडन्त हुने भएको छ । जापानको टोकियोमा पहिलोपटक हुन गइरहेको नेपाली चलचित्रको अवार्ड ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ यी उत्कृष्ट पाँचको सूचिमा अटाउन सफल भएका हुन् । 

उत्कृष्ट पाँच नायिकाको सूचिमा भने साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, श्वेता खड्का, शिल्पा पोखरेल, नीता ढुङ्गाना परेका छन् । नोमिनेशन सूचि शनिबार राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक गरिएको हो । 

राजधानीको लाजिम्पाटस्थित होटल र्याडिशनमा आयोजित एक कार्यक्रममा  अवार्ड आगामी १६ सेप्टेम्वर अर्थात भाद्र ३१ गते आयोजना हुने जानकारी दिइयो ।  नोमिनेशनका उत्कृष्ट पाँचलाई विश्वभरबाट अनलाईन भोटिङ गर्न सकिने व्यवस्था  समेत मिलाईएको छ । अनलाईन भोटिङको शुल्क लाग्ने छैन । 

अवार्डमा फिल्म र संगीत तर्फबाट ६÷६ गरि १२ विधामा नोमिनेशन सार्वजनिक गरिएको हो । जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुषगरि ६ विधार संगीततर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ । 

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको बारेमा बेला बखतमा हुने विवाद तथा चर्चालाई अन्त्य भोटिङ प्रक्रियामा सञ्चालन गर्न लागिएको अवार्डका अध्यक्ष वासुदेव लामिछानेले बताए  । ‘एक बृहत साँस्कृतिक कार्यक्रमसहित अवार्ड आयोजना हुनेछ’ लामिछानेले भने–‘अवार्ड समारोहमा ४ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकार जापान लगिने छ ।’ 

नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न नरेश भटट्राई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिईएको बासुदेव लामिछानेले बताए । कार्यक्रममा नोमिनिज कलाकार तथा चलचित्रलाई प्रमाण पत्र समेत वितरण गरियो ।

 उत्कृष्ट पाँचको सुचि फिल्मतर्फ

१ उत्कृष्ट फिल्म

छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रु गते
म यस्तो गीत गाँउछु 
कृ

२ उत्कृष्ट निर्देशक
दिपाश्री निरौला
अरुणा थापा
प्रदिप भट्टराई
सुर्दशन थापा
मिलनचाम्स

३ उत्कृष्ट सह अभिनेता

केदार घिमिरे
बुद्धि तामाङ
सलोन बस्नेत
अनुपविक्रम शाही
प्रशान्त ताम्राकार

४ उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत
प्रियंका कार्की्
केकी अधिकारी
अनु शाह
आशिस्मान कर्मी 

५ उत्कृष्ट अभिनेता
अनमोल के.सी
प्रदिप खड्का
पलशाह
पुस्पल खड्का
दयाहाङ राई

६ उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्यलक्ष्मी शाह
पुजा शर्मा 
श्वेता खड्का
शिल्पा पोखरेल
निता ढुङ्गाना


गीततर्फ

पपतर्फ
१ उत्कृष्ट गायक
 सुगम पोखरेल
कमल खत्री
अनिलसिहं
कालीप्रसाद बास्कोटा 
हिमाल सागर

२ उत्कृष्ट गायिका–श्री
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
 रबिना थापा

आधुनिकतर्फ
१उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार 
रामकृष्ण ढकाल
हेमन्त शर्मा 
राजेशपायल राई 

२ उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
 टिका प्रसाई
सिर्जना खत्री

लोकतर्फ
१उत्कृष्ट गायक
नविन पौडेल
रमेशराज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल

२ उत्कृष्ट गायिका
 ज्योति मगर 
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्तीमगर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप