मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेत्रहिन महिला संघको सहयोगार्थ अनमोलको लाइभ प्रस्तुति

आइतबार, १० असार २०७५, १३ : ३७
आइतबार, १० असार २०७५

काठमाडौं– ‘कृ’ चलचित्रबाट सोजेजस्तो सफल हात पार्न नसकेपनि दर्शकको मनमा राज गर्न सफल अभिनेता अनमोल केसीले देशका प्रमुख ४ शहरमा लाईभ प्रस्तुति दिने भएका छन् । उनले ‘अनमोल साँझ २०१८’ मार्फत लाइभ प्रस्तुति दिन लागेका हुन् ।

शनिवार राजधानीको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा  आयोजक मोनिका इन्टरनेशनल ग्रुपले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा अनमोलको पनि सहभागीता रहेको थियो । 

९ भदौबाट शुरु हुने कार्यक्रमको आन्तरिक पर्यटन प्रबद्र्धन, कला सँस्कृतिको संरक्षण गर्ने उदेश्य समेत रहेको छ । कार्यक्रमबाट उठेको रकम नेत्रहिन महिला संघ नेपाललाई सहयोग कार्यक्रममा जानकारी दिइयो ।  कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुति दिनेछन् ।

समाज सेवाको लागि आयोजना हुन लागेको कार्यक्रम आफुले विना पारिश्रमिक गर्न लागेको कार्यक्रममा अनमोलले जानकारी दिए । ‘पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर मिलेको छ ’ उनले भने ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइन । यो मेरो लागि ठूलो अवसर हो ।’

९ भदौबाट बुटवलदेखि सुरु हुने कार्यक्रम १६ गते पोखरा, २३ गते चितवन र २७ गते विर्तामोडमा आयोजना हुने आयोकज मोनिका इन्टरनेशनल ग्रुपका अध्यक्ष कमल जिसीले जानकारी दिए । अनमोलले हेलिकप्टर प्रयोग गरेर कार्यक्रम स्थल पुग्ने कार्यक्रममा जानकारी दिइयो । 

कन्सर्टका लागि अनमोलसँग स्टेजमा सहकार्य अभिनेत्री प्रियंका कार्कीले गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप