मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा राष्ट्रिय वाणिज्य बैकको स्वास्थ्य शिविर

आइतबार, १० असार २०७५, १३ : ३१
आइतबार, १० असार २०७५

गोरखा । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावितका लागि स्वास्थ्य शिविर कार्यक्रम शनिबार संचालन गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजीत कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउँदै आईरहेको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो ।

स्थानीय जनसमुदायको भव्य उपस्थिति रहेको सो कार्यक्रममा बैंकले वित्तीय सचेतना कार्यक्रम समेत संचालन गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप