शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘एउटा यस्तो प्रेम कहानी’ प्रचार गर्न फेसन सो

आइतबार, १० असार २०७५, १२ : १७
आइतबार, १० असार २०७५

काठमाडौं – केही दिन पहिले छायाँकन सकिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रचारका लागि राजधानीमा फेसन सो आयोजना गरिएको छ । भदौमा प्रदर्शनमा अनाउने चलचित्रले प्रचार प्रसार सुरुवातको क्रममा ‘फेशन शो’ आयोजना गरेको हो ।

‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको फेसन सोमा करीब दुई दर्जन मोडलले र्याम्प नापेका थिए । जहाँ मुख्य आकर्षण नेपाली चलचित्रका पुराना स्टार शिव श्रेष्ठ भए । शिवको र्याम्प सोमा सिट्ठी र तालीले हल नै गुन्जायमान भएको थियो । 

फिस्टेल मुभिजको आयोजना रहेको सोमा अमितेष कर्णले तयार पारेका जोर्दोगी बुटिमको तर्फबाट बिभिन्न पहिरन प्रस्तुत भएका थिए । ति पहिरनले नेपाली संस्कृति र पश्चिमा भेषभुषा झल्काउथ्यो । मोडलले र्याम्पमा विश्वकप फुटबल विशेष कलेक्सन समेत प्रस्तसत गरेका थिए ।

सोमा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले समेत र्याम्प नापेको कार्यक्रममा गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले दर्शकलाई गायन र नृत्यले मनोरञ्जन गराए । 

‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र दिपेश सापकोटाले निर्देशन गरेका हुन् । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, सुब कोईराला, बिष्णु चेमजोङ, लगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ । 

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको चलचित्रको कथा शिव श्रेष्ठको हो । चलचित्रका निर्माता शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह–निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप