शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारको विदेशी मुद्राको विनिमयदर : अमेरीकी डलरदेखि कुवेती दिनारसम्मको कति छ ?

आइतबार, १० असार २०७५, ११ : ०६
आइतबार, १० असार २०७५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरीकी डलरको  खरिददर १०८.२४ रुपैयाँ र बिक्रीदर १०८.८४ रुपैयाँ तोकेको छ । 

यस्तै युरोपियन एक युरोको खरिददर १२५.९९ रुपैयाँ र बिक्रीदर १२६.६८ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३.७६ रुपैयाँ छ भने बिक्रीदर १४४.५६ रुपैयाँ रहेको छ । 

साउदी अरेबियन एक रियालको खरिददर २८.८६ रुपैयाँ र बिक्रीदर २९.०२ रुपैयाँ रहेको छ । कतारी एक रियालको खरिददर २९.७३ रुपैयाँ र बिक्रीदर २९.८९ रुपैयाँ रहेको छ । 

यस्तै युएइ एक दिहरामको खरिददर २९.४७ रुपैयाँ छ भने बिक्रीदर २९.६३ रुपैयाँ रहेको छ । मलेसियन एक रिङ्गिटको खरिददर २७.०४ रुपैयाँ र बिक्रीदर २७.१९ रुपैयाँ  छ । 

यसैगरी जापानीज १० यनको खरिददर ९.८३ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ छ । 

कुवेती एक दिनारको खरिददर ३५७.७ रुपैयाँ  र बिक्रीदर ३५९.७५ रुपैयाँ रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप