शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा विदेशी कामदारः अवैध रकम असुल्ने १० कम्पनी अनुसन्धानमा

आइतबार, १० असार २०७५, ०७ : ४७
आइतबार, १० असार २०७५

मलेसियाली सरकारले नेपालीसहित विदेशी कामदारसँग अर्बौ रकम असुली र मानव तस्करी गरेको आशंकामा विभिन्न कम्पनी तथा त्यससँग सम्बद्ध अनलाई प्रणालीमा रोक लगाएको छ । 

मलेसियाले बंगलादेशबाट कामदार लिनुअघि उनीहरुका डकुमेन्टेसन, भिसा प्रोसेसिङलगायत कामको व्यवस्थापन गर्दै आएको अनलाईन प्रणाली फरेन वर्कर्स सर्भिसेज सिस्टम एसपीपीए माथि रोक लगाईएको जनाएको छ । 

नेपाल बंगलादेशलगायत विभिन्न श्रमिकस्रोत मुलुकमा बायोमेट्रिक प्रणाली, माईग्राम्स नामक विभिन्न कम्पनी खडा गरी कामदारसँग रकम असुली गर्दै आईरहेको बेस्टिनेट एसडीएन बीएचडी र यससँग सम्बद्ध कामदार आपुर्ति प्रक्रियामा सघाउने १० कम्पनीमाथि समेत रोक लगाएको आजको कान्तिपुरमा खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप