शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लसुनको चियाले गर्नुहोस् दिनको सुरुवात, क्यान्सर, मुटुरोगजस्ता समस्याबाट जोगाउँछ

आइतबार, १० असार २०७५, ०७ : ३४
आइतबार, १० असार २०७५

लसुनमा एन्टिबायोटिक तत्व भरपुर मात्रामा पाइन्छ जसले शरिरमा रोगप्रतिरोधी क्षमताको विकास गर्दछ । लसुनलाई तरकारीमा हालेर खानुका साथै यसको चिया पनि बनाउन सकिन्छ । यसमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट गुण भएका कारण यसको चियाले शरिरलाई निकै फाइदा पुर्याउँछ । यसले मुटुरोग र क्यान्सरका साथै विभिन्न रोगबाट जोगाउँछ ।  

लसुनको चिया पिउनुका फाइदा यस्ताः

मोटोपना कम गर्छः

यसले शरिरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ जसका कारण शरिरमा अतिरिक्त बोसो जम्मा हुन दिँदैन । फलस्वरुप, तौल नियन्त्रणमा रहन्छ ।

रुघा–खोकीबाट राहतः

यसले एन्टिबायोटिकको रुपमा काम गर्छ । त्यसकारण यसले रुघा–खोकीजस्ता रोगको खतरालाई कम गर्छ ।

दाँत दुखाईमा राहतः

लसुनमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ त्यसकारण दाँतमा पीडा हुँदा लसुनको पेष्ट लगाइन्छ । यस्तो अवस्थामा यदि लसुनको चिया खानुहुन्छ भने तपाईंलाई दाँत सम्बन्धि समस्या हुँदैन ।

प्रतिरोधी क्षमतामा वृद्धिः

यसले शरिरमा टी–सेल्स, फेगोसाइट्स, लिन्फोसाइट्स आदि तत्व पाइन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउन सहयोग गर्दछ ।

मुटुरोग लाग्नबाट जोगाउँछः

यसले शरिरको उचित रक्तसंचारमा सघाउ पुर्याउँछ जसका कारण कोलेस्ट्रोल कम हुन्छ । त्यसैले यसको सेवनले मुटुरोगको सम्भावना निकै कम हुन्छ ।

छाला स्वस्थ रहन्छः

यसमा भिटामिन ए, बीवान, बीटु र सी अत्यधिक मात्रामा पाइन्छ जसले छालालाइ स्वस्थ राख्न सहयोग गर्दछ ।

क्यान्सरबाट जोगाउँछः

लसुन राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्न रोक्छ । यसले क्यान्सरको सम्भावना कम हुन्छ ।

पाचन तन्त्र बलियो बनाउँछः

लसुनमा पाइने ‘एलायसिन’ नामको तत्वले पेट सम्बन्धि समस्यालाई समाप्त गरेर पाचनतन्त्रलाई बलियो बनाउँछ ।

कसरी बनाउने लसुनको चिया ?

सामग्रीः

लसुन

एक ग्लास पानी

एक चिम्टी काटेको अदुवा

एक चम्चा कागतीको रस

एक चम्चा मह

कसरी बनाउने ?

सबैभन्दा पहिले पानीलाई उमाल्नुहोस् त्यसपछि काटेको अदुवा र लसुनलाई पिनेर हाल्नुहोस् ।

यसलाई १५ देखि २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि ग्यास बन्द गरेर १० मिनेटसम्म सेलाउन दिनुहोस् ।

अब यो पानीलाई छान्नुहोस् र एक चम्चा कागतीको रसलाई एक चम्चा मह मिसाएर पिउनुहोस् ।

कहिले पिउने ?

यसलाई बिहान खाली पेटमा पिउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप