शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरल र सहज न्याय दिलाउनु आफ्नो दायित्वः कामु प्रधानन्यायाधीश

शनिबार, ०९ असार २०७५, २२ : ०८
शनिबार, ०९ असार २०७५

दमौली । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले नेपाली जनतालाई सरल र सहज ढंगबाट न्याय दिलाउनु आफ्नो दायित्व भएको बताएका छन् । 

भानु नगरपालिका–८, बेनिबगरस्थित त्रिवेणी चेपेघाट पञ्चमन्दिर संरक्षण समितिको आयोजनामा आज यहाँ आयोजित नेमुनि ऋषिको शालिक प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्व भएका प्राकृतिक विविधताको उचित संरक्षण गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताउँदै उनले यस क्षेत्रलाई अब देश विदेशमा चिनाउँदै धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वसंसदीय सचिव सोमबहादुर थापा, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का नेत्री भगवती न्यौपाने, नेमुनि ऋषिको अनुसन्धानकर्ता शिवराज शर्मा पौडेललगायतले नेमुनि ऋषिको शालिक प्रतिस्थापनाले धार्मिक पर्यटक वृद्धिमा टेवा पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप