बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी एक बर्षमा १० जनाको मृत्यु

शनिबार, ०९ असार २०७५, २० : १४
शनिबार, ०९ असार २०७५

-रामहरी श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगामा एक वर्षको अवधीमा सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०७४÷०७५ को अवधीमा भएका विभिन्न दुर्घटनमा परी १० जनाले ज्यान गुमाएका हुन् । तिमध्ये पुरुषको संख्या धेरै रहेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यलयका अनुसार दुर्घटनामा परी ७० जना भन्दा बढि घाईते भएका थिए । घाईतेहरु उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनामा परेका मध्ये अधिकाशं टाटा सुमो तथा ट्याक्टर रहेका छन् । ट्राफिक प्रहरी प्रमुख तेज बहादुर बस्नेतका अनुसार बढीजसो दुर्घटना तिब्र गतीका कारण भएको पाईएको छ । 

त्यस्तै राजश्वतर्फ प्रहरीले यस वर्ष २२ लाख ३६ हजार ५ सय रुपौया राज्श्व संकल गर्न सफल भएको छ ।

ट्राफिक नियम विपरित सञ्चालीत विभिन्न ३ हजार ८ सय ९६ सवारी साधनबाट उक्त मात्रामा राजश्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी प्रमुख बस्नेतको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप