मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्यूनिसियाविरुद्ध बेल्जियमले निकाल्यो शानदार जित

शनिबार, ०९ असार २०७५, २० : ०१
शनिबार, ०९ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा ट्यूनिसियाबिरुद्धको खेलमा बेल्जियमले ५–२ गोल गर्दै जित निकालेको छ । 

बेल्जियमले खेलको सुरुवातीमै अग्रता लिएको थियो । एडिन हजार्डले खेलको ६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । 

यसैगरी खेलको १६ औं मिनेटमा बेल्जियमका खेलाडी रोमेलु लुकाकुले अग्रता दोब्बर पारे । 

तर, त्यसको दुई मिनेटपछि नै ट्युनिसियाका लागि वहाबी खाज्रीको पासमा डायलिन ब्रोनले एक गोल फर्काएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा थोमास मुनियरको पासमा लुकाकुले खेलमा व्यक्तिगत दोस्रो तथा बेल्जियमका लागि तेस्रो गोल गरे ।

पहिलो हाफको खेलमा ३–१ले पछाडी परेको ट्यूनिशियाविरुद्ध दोस्रो हाफको ५१ औं मिनेटमा बेल्जियमका एडिन हजार्डले चौथो गोल गरे । त्यस्तै खेलको ९० औं मिनेटमा बेल्जियमका बात्सुयाइले गोल गरे । 

५–१ ले पछि परेको अवस्थामा पनि ट्यूनिशियाले अतिरिक्त समयमा थप अर्को गोल गर्यो । ट्यूनिशियाका खेलाडी वबी खजारीले खेलको ९३ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । 

दुई टोलबीच यो चौँथो भिडन्त हो । यसअघि भएका तीन भिडन्तमा बेल्जियम र ट्युनिसियाले एक एकमा जीत हासिल गरेका छन् भने एकमा बराबरी भएको थियो ।

विश्वकपमा भने यी टोलीको दोस्रो भिडन्त हो । सन् २००२ को विश्वकपमा दुई टोलीबीचको खेल १–१ को बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप