शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसईईको नतिजा प्रकाशित : यस्तो छ नतिजा

शनिबार, ०९ असार २०७५, १९ : ४८
शनिबार, ०९ असार २०७५

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी थिए । 

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

२.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भए ।

नतिजा हेर्नका लागि
यो नतिजा रातोपाटीमा नै हेर्न सकिनेछ । विगतको  वर्षमा जस्तै रातोपाटीले यसवर्षपनि एसईईको नतिजा see.ratopati.com मार्फत हेर्ने व्यवस्था मिलाएको छ । 

यस्तो छ नतिजा

नतिजा हेर्नका लागि
यो नतिजा रातोपाटीमा नै हेर्न सकिनेछ । विगतको  वर्षमा जस्तै रातोपाटीले यसवर्षपनि एसईईको नतिजा see.ratopati.com मार्फत हेर्ने व्यवस्था मिलाएको छ । 


 

प्राविधिकतर्फ यस्तो छ नतिजा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप