बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय गएका बालक नदीमा डुबेको भेटिए

शनिबार, ०९ असार २०७५, १९ : २५
शनिबार, ०९ असार २०७५

सल्यान । जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना बालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका–२, रिखेबगर निवासी डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन् । 

खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले बेलुकी शारदा नदीमा डुबेको अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

स्थानीय मेरिगोल्ड बोर्डिङ्बाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बालकका बुबा हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुहामले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप