बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको धर्मवती घाटबाट शवसहित १७ जना मलामी प्रहरी नियन्त्रणमा !

शनिबार, ०९ असार २०७५, १९ : ०९
शनिबार, ०९ असार २०७५

काठमाडौं । गोरखा जिल्लाको भिमसेन गाउँपालिका–१ धर्मवती घाटमा जलाउन लगिएको महिलाको शवसहित १७ जना मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिवार बिहान साँढे ३ बजे स्थानीय ६३ वर्षीया विभा विश्वको मृत्यु भएको भन्दै छिमेकीले उनको शव जलाउन घाटमा लिएर गएका थिए । 

तर, उनलाई आफ्नै छोरा राजेश विश्वले कुटेर कर्तव्य गरेको सूचना आएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवसहित १७ जना मलामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।  

भिमसेन नगरपालिका–१ निवेलका राजेश विश्वले आफ्नी आमालाई यसअघि पनी पटक–पटक कुट्ने गरेको बताईएको छ । 

प्रहरीका अनुसार मृतक विभाको शरिरमा चोटपटक र निलडामा देखिएको छ । प्रहरीले घाटमा जलाउन लागिएको शव बरामद गरेर जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाएको छ । 

‘विभा विश्वको मृत्यु अस्वभाविक देखिएको छ’ डिएसपी रिजालले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप