बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘काली’ भनेर जिस्काएको निहुँमा महिलाद्वारा पारिवारिक जमघटमा खानामा हालिन् विष, पाँचको मृत्यु

शनिबार, ०९ असार २०७५, १७ : १९
शनिबार, ०९ असार २०७५

एजेन्सी । कालो वर्णको भएको भनेर जिस्काएको निहुँमा भारतको महाराष्ट्रस्थित राइगड जिल्लामा एक महिलाले पारिवारिक कार्यक्रममा खानामा विष मिलाउँदा पाँच जनाको मृत्यु भएको छ ।

यो घटना गत जुन १८ मा भएको थियो । आरोपित प्रज्ञा सुरभासेले उनका आफन्त सुभाष मानेको महाड गाउँमा रहेको घरमा आयोजित एक कार्यक्रममा खानामा कटनाषक औषधि मिसाएकी थिइन् ।

विषाक्त खानाका कारण चार बालबालिकासहित एक बृद्धको मृत्यु भएको छ ।

घटनामा ८० जनाभन्दा बढी फुड पोइजनिङको कारण अस्पताल भर्ना भएका थिए । 

प्रहरीले यस घटनामा अनुसन्धान गरेर ती महिलालाई पक्राउ गरेको थियो ।

‘उनले पारिवारिक विवादका कारण यस्तो गरेको स्वीकार गरेकी छिन् । १२० जनाभन्दा बढी बिरामी परेका थिए भने पाँच जनाको मृत्यु भएको छ,’ राइगडका प्रहरी प्रमुख अनिल पारास्करले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप