शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब चीनको आकाशबाट ‘सी फुड’ को वर्षा हुनथाल्यो

शनिबार, ०९ असार २०७५, १६ : १३
शनिबार, ०९ असार २०७५

एजेन्सी । आकाशबाट अक्टोपस, स्टार फिस र प्राउनको वर्षा !

तपाईंको पहिलो प्रतिक्रिया हुनेछ – यस्तो पनि हुन्छ र ?

तर, गत जेठ ३० गते चीनको समुद्री तट नजिकै रहेको क्वीङडाओ शहरमा यस्तै घटना भएको छ ।

निकै तीव्र हुरीसँगै भएको वर्षामा आकाशबाट समुद्री जीवहरुको वर्षा भएको छ ।

चीनको सान्डोङ प्रान्तमा रहेको उक्त शहरमा बुधबार तीव्र गतिको आँधी चलेको थियो । जसले गर्दा रुख, ट्राफिक लाइटहरु ढल्नका साथै शहरलाई जलमग्न बनाएको थियो ।

तर, यो घटनाले भन्दा पनि आकाशबाट बर्सिरहेका समुद्री जीवले सबैको ध्यान केन्द्रीत गरेको थियो ।

चीनको माइक्रोब्लगिङ प्लाटफर्म वेइबोमा पोष्ट गरिएका तस्विरमा अक्टोबस, स्टार फिसदेखि प्राउनसम्म आकाशबाट उडेर आएको देखिएको छ ।

चीनको राष्ट्रिय समाचार एजेन्सीले यो फोटो सेयर गरेपछि समाजिक सञ्जालमा ‘सीफुड रेन’ ट्रेन्डिङ बनेको थियो ।

मौसमविदका अनुसार नजिकैको समुद्रबाट आँधीले उक्त जीवहरु उडाएर ल्याएको बताएका छन् ।

यसअघि, सन् २००८ मा भारतको केरलामा माछाको वर्षा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप