शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम भारतमा सडक दुर्घटना सातको मृत्यु

शनिबार, ०९ असार २०७५, १५ : ५३
शनिबार, ०९ असार २०७५

नयाँ दिल्ली -पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । 

यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । 

अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना भएको थियो । 

सो दुर्घटनामा सात व्यक्तिको घटनास्थलमा मृत्यु भएको र यस घटनामा घाइते भएका २४ जनालाई नजिकैको अस्पतालमा लगिएको छ । घाइते मध्ये पाँचको अवस्था चिन्ताजनक भएको बताइएको छ । 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा तिव्र गतिमा चलाइएको सो ट्रकको चालकले नियन्त्रण गुमाएपछि एक पुलमा दुर्घटना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप