बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा दश जनाको मृत्यु

शनिबार, ०९ असार २०७५, १५ : ५१
शनिबार, ०९ असार २०७५

अफगानिस्तान-अफगानिस्तानको उत्तरी प्रान्तमा शनिबार प्रहरी र विद्रोहीबीच भएको झडपमा परी दश जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चार जना प्रहरी र छ जना विद्रोही रहेका छन् । कुन्दुज प्रान्तको डास्त इ आर्ची जिल्लामा भएका झडपमा उनीहरुको मृत्यु भएको जिल्ला गभर्नर नसुरुदिन नजारी साआदीले जानकारी दिनुभयो । 

शनिबार विहानै सालाहुदिन क्षेत्रका विभिन्न सुरक्षा कार्यालयहरुमा विद्रोहीले आक्रमण गरेपछि भीडन्त भएको सरकारी अधिकारीहरुले बताएका छन् । 

घटनामा परी अन्य छ लडाकू र दुई जना प्रहरी घाइते पनि भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप