शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने : मुख्यमन्त्री

शनिबार, ०९ असार २०७५, १४ : ३६
शनिबार, ०९ असार २०७५

लमजुङ - प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन् । 

पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गरे । 

“हिंसात्मक संघर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ,” गुरुङले भने, “अब पार्टी संगठन एउटै भयो । दुबै पक्षका कम्युनिष्टले विचारलाई पनि एउटै बनाउनुपर्छ ।” 

मुख्यमन्त्री गुरुङले नेपालको कम्युनिष्ट एकता विश्वकै लागि दुर्लभ घटना भएको दाबी पनि गरे । मुलुकको विकास र आर्थिक समृद्धिको लागि जनताले दिएको जनादेश मुताबिक एकता भएको उनको धारणा थियो । 

पार्टी एकीकरणपछि लमजुङमा कार्यालयसहित पदाधिकारीहरुको जिम्मेवारी समायोजन गरिएको छ । पूर्व नेकपा एमालेको कार्यालयलाई संयुक्त पार्टी कार्यालय बनाई बाँकी प्रवन्धका लागि जिल्लास्तरका नेताको कार्यदल बनाइएको नेकपाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप