बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अब उत्तर कोरियाको परमाणु हतियार के हुन्छ ?

शनिबार, ०९ असार २०७५, १४ : २८
शनिबार, ०९ असार २०७५


बीबीसी । गत बर्ष अगस्तसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियामाथि ‘फायर एण्ड फ्युरी’ को भाषामा कुरा गर्थे । तर, यो वर्ष जुनमा उनको अन्दाज, उनका शब्द चयन धेरै बदलियो ।

सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्तापछि अमेरिकी राष्ट्रपतिले भने, ‘बितेको हिजोले हाम्रो वर्तमान तय गरोस्, यो जरुरी छैन । विगतको विवादलाई भविष्यको युद्धमा बदल्न दिन सकिँदैन । किम र मैले अहिले एक साँझा सम्झौतामा हस्ताक्षर गर्र्यौँ, जसले कोरियाली प्रायद्वीपमा पूर्ण परमाणु निरस्त्रीकरण आफ्नो अटल प्रतिबद्धता दोहोराएका छौँ । हामी यो सम्झौता छिटोभन्दा छिटो लागु गर्नका लागि सशक्त वार्ता गर्न पनि सहमत भएका छौँ ।’

डोनाल्ड ट्रम्प र किम जोङ उनको सिंगापुरका ती तस्वीरले विश्व राजनीतिमा ठूलै आशा पैदा गर्यो । दुई देशकाबीच तनावको ग्राफ केही महिनामै कमी आयो । तर, सवाल यो छ कि यो वार्ताले अहिलेसम्म देखिएका आंशकाहरु मेटाउँछ ?

सफा नियत, सही निशस्त्रीकरण
अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले भनिसकेका छन्, उत्तर कोरियाको तर्फबाट निशस्त्रीकरण दर्शाएपछि मात्रै उसमाथि लगाइएको आर्थिक नाकावन्दी हटने छ । तर, के यो अप्रत्याशित रवैयावाला मुलुक वास्तवमै उस दिशामा सफा नियतसँग काम गर्ला ?

जेएनयूमा कोरियन स्टडीजका प्रोफेसर वैजयन्ती राघवन योसँग असहमति राख्दनिन् ।

वैजयन्त भन्छिन्, ‘अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा मसलामा जब परमाणु निरस्त्रीकरणको वार्ता हुन्छ भने यसको मतलव हुन्छ कि एक–एक गरेर परमाणु हथियार नष्ट गर्ने र कुनै अन्तर्राष्ट्रिय एजेन्सी आएर त्यसको अनुगमन गर्ने ।’

उनका अनुसार ‘तर, जहाँसम्म उत्तर कोरियाको कुरा छ, मलाई लाग्दैन परमाणु निशस्त्रीकरण अडानको रुपमा कार्यन्वयन होस् । यो सम्झौता हाल प्रतिबद्धताको मात्रै कुरा गरेको छ । यसको यो मतलव हुन सक्छ कि परमाणु कार्यक्रम अगाडि नबढाइयोस् र नयाँ मिसाइल परीक्षण नहोस् । हामीले यो परमाणु निशस्त्रीकरणलाई सीमित अर्थमा लिनुपर्छ ।’

अमेरिकी अपेक्षा पुरा होला ?
ट्रम्प र किमबीच भएको यो सम्झौताले पुरै कोरियाली प्रायद्वीपमा पूर्ण निशस्त्रकिरणको कुरा गरेको छ । मतलब, दक्षिण कोरियामा पनि यदि अमेरिकी परमाणु पानीजहाज र हतियार छन् भने त्यो पनि अमेरिकाले फिर्ता लैजानु पर्ने हुन्छ ।

तर, उत्तर कोरियाको परमाणु हथियार र प्रविधिलाई लिएर अमेरिका के अपेक्षा गर्छ ? अन्तराष्ट्रिय मामलाका जानकार तथा अमेरिकी यूनिवर्सिटी अफ डेलावेयरका प्रोफेसर मुक्तदर खान भन्छन्, ‘यो हुन सक्छ कि उत्तर कोरियासँग जुन हतियार छ उसले चीनलाई दिने, या अमेरिका वा रुसलाई दिने, अथवा त्यसलाई वैज्ञानिक तरिकाले नष्ट गर्ने ।’

यद्यपि प्रोफेसर मुक्तदर खान भन्छन्, ‘अमेरिकाको उद्देश्य यो हुनेछ कि जुन प्लान्टमा यूरोनियमको ९९ प्रतिशत  शुद्धिकरण गरिन्छ, जो इरान अहिलेसम्म बनाउन सकेको छैन, त्यो बन्द होस् । अर्थात सेन्टीफ्यूजेसको नष्ट गरियोस् । यसको मतलव यो हो कि दश पर्षपछि यदि कुनै नयाँ शासक उत्तर कोरियामा आए भने पनि उनले शुरुबाटै काम गर्न परोस् । यो अमेरिका चाहन्छ । तर, के यो होला ? विल्कुल हुँदैन । परमाणु हथियार गुमाउनुका साथै उत्तर कोरिया एउटा मात्र शक्ति पनि गुमाउँछ । अमेरिकाले साबित गरिसकेको छ कि उसमाथि भरोसा गर्न सकिन्न । इरानको मामलामा उसले परमाणु सम्झौता तोडिसकेको छ ।’

लिवया मोडल
इरान मात्रै होइन, जसको उदारण किमको दिमागमा होला । उनी लिवियाका बारेमा पनि सोचेका होलान्, जसको चर्चा वार्ता भन्दा पहिला नै अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले गरेका थिए ।

उत्तर कोरियालाई लिएर अमेरिकी आंकाक्षामाथि कुरा गर्दै बोल्टनले एक टीवी च्यानलमा भनेका थिए, ‘मलाई लाग्छ, यो सही छ । मलाई लाग्छ हामी लिबिया मोडल तर्फ हेरिरहेका छौँ । मलतब सबै परमाणु हथियारबाट हटाउनु । उनलाई नष्ट गर्ने र अमेरिकाको टेनेसीस्थित ओक रिज ल्याउने ।’

जोन बोल्टन २००३ मा बुश कार्यकालका समय लिवियाली नेता कर्नल गद्दाफीसँग भएको निशस्त्रीकरण सम्झौताको चर्चा गरिरहेका थिए ।

सम्झौताको आठ बर्षपछि २०११ मा गद्दाफीलाई आफ्नो देशमा पश्चिमा समर्थक विद्रोहको सामना गर्नुपर्यो । गद्दाफीले पनि जवाबी हिंसाबाट यसको प्रतिबाद गरे ।
तर, अन्ततः गद्दाफी लडाई हारे । हथियारबन्द लडाकुले सिर्तको एक सडकमा गद्दाफीको हत्या गरे ।

बीबीसीका त्यसबेलाका उत्तरी अमेरिकी सम्पादक मार्क मार्डेलका अनुसार, जब हिलेरी क्लिन्टनलाई गद्दाफीको मृत्युको खबर दिइयो, उनले भनिन्, ‘वाह’ ।

यद्यपि, प्रोफेसर मुक्तदर खान भन्छन्, ‘जोन बोल्टनले जे सन्र्दभको कुरा गर्दैछन्, सन् २००३ मा उस बेला लीवियाको परमाणु कार्यक्रम शुरुवाती स्तरमा थियो । यो सम्झनुस् कि उनी गाडी बनाउन चाहन्थे र त्यसको टायर बनाए र भने कि टायर बनाउन छाड्छु । तपाईं मलाई अन्तर्राष्ट्रिय समुदायकाबीच लैजानुस्, आर्थिक सहयोग दिनुस्, आदि आदि । यसैले २००३ को सम्झौताले लिवियालाई परमाणु कार्यक्रममा फर्कने बाटो बन्द गर्यो । त्यसैले जोन बोल्टन त्यो मोडल चाहन्थे कि निशस्त्रीकरणपछि उत्तर कोरियासँग फर्कने बाटो नै नहोस् । तर, मानिसहरु यो बुझे कि कर्नल गद्दाफीको जे हालत भयो, किमको पनि त्यहीँ हालत हुनेछ ।’

लिवियार उत्तर कोरियामा फरक
उत्तर कोरियाले आफ्नो लिवियासँग गरिएको तुलना मन परेन किनभने लिवियाको परमाणु उसबेला निकै शुरुवाती चरणमा थियो । जवकी डिफेन्स एन्ड इन्टीलिजेन्स एजेन्सीका अनुमान अनुसार उत्तर कोरियाससँग २०१७ मा करिव ६० परमाणु हतियार थिए ।

वैजयन्ती राघवन बताउँछन् कि उत्तर कोरियाको परमाणु कार्यक्रम जुन तहसम्म पुगेको बताइन्छ, त्यति अगाडि बढेको देशले अहिलेसम्म कतै निशस्त्रीकरण गरेको छैन ।

ट्रम्प यो मामिला थप बिग्रन दिन चाहदैनथे । यसैले उनले बोल्टनको बयान खारेज मात्र गरेनन्, न्यूयोर्क टाइम्समा छापिएको एक समाचारका अनुसार आफ्नो मन्त्रीमण्डलका सदस्यलाई उत्तर कोरियावारे जे मन लाग्यो त्यो नबोल्न निर्देशन दिए ।

परमाणु हतियार छैन भने

जोन बोल्टनको कुरा भलै गलत बुझियो, यसले जानेर वा नजानेर सारा दुनियाँलाई गद्दाफीको कथाको याद गरायो । तर, प्रोफेसर मुक्तदर खानलाई लाग्छ कि उत्तर कोरिया लिवियावाला गल्ती गर्ने वाला छैन ।

उनले भने, ‘उत्तर कोरिया यति वेवकूफ छैन । मलाई सम्झना छ कि जब पहिलो खाडी युद्धमा अमेरिकाले इराकको केही दिनमै हराएको थियो । भारतका त्यसबेलाका रक्षामन्त्रीसँग सोधिएको थियो कि तपाईंका लागि यसको पाठ के हो ? उनले भनेका थिए, ‘यदि तपाईंसँग परमाणु हतियार छैन भने अमेरिकासँग झगडा नगर्नुस् ।’

प्रोफेसर मुक्तदर खान यहि मान्छन कि उत्तर कोरिया यो जान्दछ कि यदि उसँग परमाणु हथियार थिएन भने उसको हाल पनि इरानको जस्तै हुन्छ । नाकाबन्दीको बोझपछि सत्तामा परिवर्तनका लागि बाध्यकारी होस् ।’

उनी भन्छन् कि, ‘यदि उत्तर कोरियाको नेतृत्व मसँग सल्लाह माग्यो भने म यही भन्छु कि कुनै पनि शर्तमा निशस्त्रीकरण नगरोस्, नत्र तपाईंको कुनै हैसियत रहँदैन ।’

फेरि विवादको आंशका

प्रोफेसर मुक्तदर खान यो पनि भन्छन् कि अमेरिकी राजनीतिक जमातको एउटा हिस्सा यो सम्झौताबाट खुसी छैन । किनभने उनीहरुलाई लागेको छ यसबाट अमेरिकालाई केही फाइदा भएन ।

रैजयन्ती राघवनको मान्छिन् कि दुई देशवीच यस्तो द्वन्द्व छ जुन निकष्ट भविष्यमा फेरि सतहमा आउन सक्छन् र परिस्थिति बिगार्न सक्छन् ।

उनी भन्छिन्, ‘अब ट्रम्पले भनेका छन् कि दक्षिण कोरियामा सैन्य अभ्यास छाडिन्छ । उनले यो कुरा दक्षिण कोरियासँग सल्लाह नगरी भने । अब दक्षिण कोरियालाई लाग्न सक्छ ट्रम्प दक्षिण कोरियासँग सहयोगको प्रतिबद्धताबाट त हट्दैछैन ।’

यद्यपी विगतमा यस्ता पनि उदाहरण छन् जब देशले सफलतापूर्वक निशस्त्रीकरण गरेर लाभ मिलेको होस् ।

प्रोफेसर मुक्तदर खान भन्छन्, ‘ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका, स्वीडेन यसका उदाहरण हुन् । सोभियत संघपछि कजाकस्तान, बेलारुस, युक्रेनसँग पनि सय भन्दा बढी परमाणु हतियार थिए । तर, यसको सट्टा केही बिलियन डलरको सहयोग मिल्यो । उत्तर कोरियालाई पनि ठूलो फाइदा हुन सक्छ ।

हाल सबै कुरा स्थिर र शान्त देखिन्छ । तर, किमसँग वार्तापछि सिंगापुरमा ट्रम्पले लामो सम्बोधन दिँदा सबै सकरात्मक पक्षका साथ उनले एउटा पंक्ति यो पनि भनेका थिए कि किमको वाचाबारे उनको मनमा रहेका केही आंशका अझै हटेका छैनन् ।

उनले भनेका थिए, ‘मलाई लाग्छ उनी यी चिज गर्नेछन् । म गलत पनि हुन सक्छु । हुन सक्छ ६ महिनामा म आफैँ अभिएर भनुँ कि म गलत थिएँ । मलाई थाहा छैन कि कहिल्यै यो स्वीकार गर्छु वा गर्दैन, तर केही न केही बहाना खोज्छु ।’
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप