बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुनको डेराबाट हराएको झण्डैदेउसी खेलेर संकलित रकम अपांगलाई सहयोग

शनिबार, ०९ असार २०७५, १४ : २६
शनिबार, ०९ असार २०७५

पर्वत- एउटै परिवारका तीन सन्तान जन्मेदेखि ओछ्यानमा छन्, सामान्य परिवारका ती अपांगको उपचार र खानपानका लागि समेत समस्या छ । 

सुतेरै जीवन बिताइरहेका ती अपांगको पीडा र समस्या यूटुबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन् । 

अमेरिकाको भर्जिनीयामा बस्ने साना बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको तथा विद्यालयको खाजा खर्च कटाएर जम्मा गरेका रकम पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीका बलबहादुर परियारको तीन अपांग छोरीलाई सहयोग गरेका हुन् । 

भर्जिनियामा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका–४ का माधव र सरिता उपाध्यायका छोराछोरी स्मृति र प्रतिक तथा उनका साथीहरुले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको रु ३१ हजार आर्थिक सहयोग गरेका छन् । 

सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्मृति तथा प्रतिककी हजुरआमा लुमाकुमारी उपाध्यायले अपांग बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गर्नुभयो । 

सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफू र कार्यालयबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

जन्मेदेखिनै ओच्छ्यानमा सुतेर मृत्यु पर्खिरहेका बलबहादुरका चार अपांग छोरीमध्ये एक जनाको मृत्यु भइसकेको छ । अहिले २३ वर्षीया मिठु परियार, १५ वर्षीया गंगा र १३ वर्षीया अनिताको पालनपोषण परिवारले गर्दै आएका छन् । 

उपचारका लागि बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पतालसम्म पु¥याए पनि उपचार सम्भव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् ।  सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्रीवितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप