शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इसेवाबाट एसइइको रिजल्ट हेर्न मिल्ने

शनिबार, ०९ असार २०७५, १४ : १०
शनिबार, ०९ असार २०७५

 
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा छिटो र सजिलो तरिकाबाट इसेवामा हर्न सकिने भएको छ ।

परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् ।

परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए । 

परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन् । यस्तै  http://results.esewa.com.np    लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ ।

इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो । मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए ।

‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिएका हौँ । इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप