शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले प्रजातन्त्रमाथि आक्रमण गर्यो, आन्दोलन सशक्त पार्छु : डा. केसी

शनिबार, ०९ असार २०७५, १४ : ०७
शनिबार, ०९ असार २०७५

काठमाडौँ । डाक्टर गोविन्द केसीले सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको गम्भिर आरोप लगाउँदै सरकारको गैरप्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार राजधानीको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उनले प्रजातन्त्र विरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताएका हुन् ।

प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गरे ।

‘गैरप्रजातान्त्रिक काम हुन दिँदैनौँ,’ उनले उद्घोष गरे ।

समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिएपछि व्यवहारमा त्यसो नभएको उनको तर्क थियो ।

 शिक्षा र स्वास्थयमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरुकै संलग्नता रहेको आरोप पनि उनले लगाए ।

डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर , गंगामायाको माग पुरा गर, अपराधीलाई गिरफ्तार गर, ग्ुणस्तरीय र निशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्ति गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप